मनास्लु चिनाउने गीतको छायाङ्कन सकियो

मनास्लु चिनाउने गीतको छायाङ्कन सकियो

गोरखा : उत्तरी गोरखाका गुरुङ, घले समुदायका युवाहरुले मनास्लु क्षेत्र चिनाउने गीत बजारमा ल्याएका छन् । हिमालपारिको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबासलाई केन्द्रित गरी गीत तयार गरेका हुन्। ‘सिर्दिवासी हजुर मान्छे नै जाती, कसैलाई नि हजुर नसोँच्ने नजाती’  बोलको सो गीत हिमालयन युवा क्लब सिर्दिवासले चुमनुब्री गाउँपालिका र वडापालिकाको सहकार्यमा तयार गरिएको हो ।

सिर्दिवास गाउँ चिनाउने उद्देश्यले गीतको म्युजिक भिडियो तयार गरिएको कलाकार बीरबल घलेले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले एक समारोहका बीच सो गीत म्युजिक भिडियोको विमोचन गरेका छन् । म्यूजिक भिडियो सार्वजानिक कार्यक्रममा सो गाउँपालिकाका सबै वडा अध्यक्षहरु सहभागी थिए । साबिक सात गाविसको एक मात्र माविको रुपमा रहेको सिर्दिबासको बुद्ध माविको प्राङ्गणमा भएको कार्यक्रममा सोही गाउँपालिका उपाध्यक्ष कुमारी गुरूङ, वडा अध्यक्षहरू वीर बहादुर लामा, पेमा रितार लामा, पेमा डुन्डुप लामा, सोनाम ग्याल्जेन लामा, राम कुमार गुरूङ र लोप्साङ लामाको उपस्थिति रहेको घलेले जानकारी दिए ।


सिर्दिवास गाउँ चिनारी गर्ने म्युजिक भिडियोको छायाङ्कन कार्य यही जेठ २२ गते सकिएको घलेले जानकारी दिए। गाउँको पहिचानको प्रचार गर्न र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तयार गरिएको  गीतमा प्रसिद्ध धार्मिक बौद्ध गुम्वाहरू, लेक, भालुखोला झरना, पाङसिङ, फिलिम, जगत, सल्लेरी, नाचेत , घट्टेखोला, पाती दोयल आदि गाउँहरूको छायांकन गरिएको हिमालयन युवा क्लवका अध्यक्ष प्रशान्त गुरूङ(सुमन)ले जानकारी दिए।

उक्त भिडियोमा चर्चित गुरूङ फिल्म नायिका तथा मोडल उर्मिला गुरूङले अभिनय गरेकी छन् भने समूह नृत्यमा स्थानीय हिमालयन युवा क्लवका सांस्कृतिक विभागका कलाकारहरु सहभागी छन् । भिडियोलाई वीरबल घलेले निर्देशन गरेका हुन् । कोरियोग्राफी मनाङ गुरूङको रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.