विश्वकप नजिकिँदा ब्राजिलमा बिजुलीको चिन्ता

विश्वकप नजिकिँदा ब्राजिलमा बिजुलीको चिन्ता

रियो दी जेनेरियो : विश्वकप फुटबल सुरु हुन अब तीन दिन मात्र बाँकी छ । जुन १४ देखि रुसमा सुरु हुने २१औं संस्करणको विश्वकप फुटबलको उपाधि कसले जित्ला भन्ने चर्चा भइरहेका बेला पाँच पटकको विजेता ब्राजिल सरकार भने बिजुलीको चिन्तामा परेको छ । ब्राजिल जलस्रोतमा विश्वकै धनी मुलुक मानिन्छ । जलस्रोतमा धनी भए पनि त्यहाँ लोडसेडिङको अवस्था भयावह छ । रुसमा एक महिनासम्म सञ्चालन हुने विश्वकप अवधिभर कसरी लोडसेडिङ कटौती गर्ने र आफ्ना जनतालाई सहज रुपमा विश्वकप फुटबल हेर्न दिने भनेर ब्राजिल सरकार गम्भीर रुपमा लागेको छ ।

ब्राजिल सरकारको निर्देशनपछि त्यहाँको इलेक्ट्रिसिटी सेक्टर मोनिटरिङ कमिटी (सीएमएसई) ले विशेष उपाय घोषणा गरेको छ । सीएमएसईले विश्वकप अवधिभरभन्दा पनि ब्राजिलको खेल रहेको दिन नेसनल इन्टरकनेन्टिङ सिस्टम (एसआईएन) सञ्चालन गर्ने भएको छ । यस अभियानको मुख्य उद्देश्य बिजुली कटौती रोक्नु हो । यसका लागि विभिन्न राज्यसँग समन्वय गरेर लोडसेडिङ घटाउने अभियान थालिने छ । जसअनुसार ब्राजिलको खेल सुरु हुनुभन्दा दुई घन्टाअघि र खेल सकिएको दुई घन्टापछिसम्म लोडसेडिङ हुने छैन । यसका साथै विश्वकप फुटबलको उद्घाटन र समापन समारोह चलिरहँदा पनि ब्राजिलमा लोडसेडिङ हुने छैन ।

अहिले ब्राजिलमा बिजुलीको अवस्था भयावह छ । गत वर्षको मार्चमा १३ राज्यमा धेरै घन्टा बिजुली कटौती गरिएको थियो । त्यसबेला सात करोड जनता प्रभावित भएको जनाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.