पेरुका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'एडिसन फ्लोरेज'

पेरुका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'एडिसन फ्लोरेज'

३६ वर्षपछि पेरुलाई रुस विश्वकपको यात्रा तय गराउन एडिसन फ्लोरेजको भूमिका निकै महत्वपूर्ण रह्यो । एट्याकिङ मिडफिल्डमा जादुमय प्रदर्शन गर्ने क्षमता भएका फ्लोरेजले छनोट खेलमा मात्र पेरुका लागि पाँच गोल गरे । उनले कप्तान एवं अनुभवी स्ट्राइकर पाओलो ग्वेरेरोसँगै छनोट खेलमा पाँच गोल गरेपछि पेरुको विश्वकप यात्रा सहज बनेको थियो।

डेनमार्कको अलब्रोग क्लबबाट व्यावसायिक लिग खेल्दै आएका फ्लोरेजको प्रदर्शन लिग फुटबलमा पनि उत्तिकै दमदार छ । सन् २०१६ देखि अलब्रोगमा अनुबन्ध भएका फ्लोरेजले क्लबका सहकर्मीलाई गोलका लागि थुप्रै गतिला अवसर सिर्जना गर्दै उनी आफैंले पनि दुई गोल गरेका छन् । अलब्रोग डेनमार्कको चारपटक माथिल्लो लिग विजेता टोली हो ।

अवसर पाउनासाथ विपक्षीलाई छलाउँदै बल अगाडि बढाउन माहिर फ्लोरेज पछिल्लो समय पनि लयमा छन् । त्यसैले रुस विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन विपक्षी टोलीका लागि महँगो सावित हुन सक्छ ।

 हरेक खेलमा बलिया टोलीलाई आच्छुआच्छु बनाउँदै रुस विश्वकपको यात्रामा निस्किएको पेरुका लागि २४ वर्षीय फ्लोरेज पक्कै पनि बलिया हतियार हुन् । उमेर समूहदेखि नै पेरुका लागि सबै खेल खेलेका फ्लोरेज सन् २०१३ देखि सिनियर टोलीमा छन् । उनले टोलीका लागि खेलेको २६ खेलमा नौ गोल गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.