विश्वकप फाइनलमा एकमात्रै ह्याट्रिक, को हुन गोलकर्ता ?

विश्वकप फाइनलमा एकमात्रै ह्याट्रिक, को  हुन गोलकर्ता ?

विश्वकप फुटबलको इतिहासमा हालसम्म एकजना खेलाडीले मात्र फाइनल खेलमा ह्याट्रिक गरेका छन्। सन् १९६६ को विश्वकपको फाइनलमा इङ्ल्यान्डका खेलाडी जेफरी हस्र्टले ह्याट्रिक गरेका थिए। उक्त विश्वकपको फाइनलमा इङ्ल्यान्डले अतिरिक्त समयमा तत्कालीन पश्चिम जर्मनीलाई ४-२ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो।

उक्त विश्वकपको फाइनल निकै रोमाञ्चक थियो। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णयका लागि अतिरिक्त समय थप गरिएको थियो। त्यसपछि जेफरीले १०१ र १२० मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई विजयी बनाएका थिए। त्यसअघि उनले निर्धारित समयको १८औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए।

उक्त विश्वकपमा जेफरीले कुल चार गोल गरेका थिए। अर्को एक गोल भने उनले क्वार्टरफाइनल खेलमा गरेका थिए। उनले क्वार्टरफाइनल खेलको ७८औं मिनेटमा गोल गरेपछि इङ्ल्यान्ड बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई १-० ले हराउँदै सेमिफाइनलमा पुगेको थियो। सन् १९६६ देखि सन् १९७२ को बीचमा इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै २४ गोल गरेका जेफरी हाल ७६ वर्षका भए।

जेफरीले इङ्ल्यान्डका लागि सन् १९७० को विश्वकपमा पनि एक गोल गरेका थिए। उनले वेस्टहाम युनाइटेड, स्टोक सिटी, वेस्ट ब्रोमविचलगायतका क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए। सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि उनले लामो समय प्रशिक्षकको भूमिकासमेत निर्वाह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.