स्विस टोलीको ठूलो अपेक्षा

स्विस टोलीको ठूलो अपेक्षा

बर्न : युरोपेली टोली स्विट्जरल्यान्ड लगातार चौथो पटक विश्वकप फुटबलमा सहभागी हुँदै छ। समग्रमा भने ११औं पटक सहभागी हुन लागेको स्विस टोलीले विश्वकपको पछिल्लो सहभागितामा खासै उल्लेख्य नतिजा दिन सकेको छैन। सन् १९३४ मा पहिलो पटक विश्वकप खेल्दा नै क्वार्टरफाइनलको यात्रा तय गरेको स्विट्जरल्यान्डले त्यसपछि पनि सन् १९३८ र सन् १९५४ मा दुई पटक यो सफलतालाई दोहोर्‍याएको छ।

यद्यपि सन् १९५४ यता ६ वटा विश्वकप खेल्दा भने स्विट्जरल्यान्ड प्रतियोगिताको अन्तिम आठमा पुग्नुअघि नै घर फर्कने गरेको छ। दुई दिनपछि रुसमा सुरु हुने विश्वकपको २१औं संस्करणको अन्तिम तयारीमा रहेको स्विट्जरल्यान्डले यस पटक भने क्वार्टरफाइनलभन्दा माथिको योजना बनाएको छ। छनोट प्रतियोगितामा गरेको प्रदर्शनलाई मात्रै निरन्तरता दिन सकेमा स्विट्जरल्यान्ड रुस विश्वकपमा आफ्नो उद्देश्य पूरा गर्न सक्षम पनि हुनेछ।

स्विट्जरल्यान्ड युरोपेली छनोट प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै रुस विश्वकपसम्म पुगेको टोली हो। स्विट्जरल्यान्डले युरोपेली छनोटको समूह ‘बी’ मा युरो कप च्याम्पियन पोर्चुगलसँगै ३० मध्ये २७ अंक जोडेको थियो। यद्यपि गोलअन्तरमा पछि परेपछि स्विट्जरल्यान्डले प्ले अफको बाटो समात्नु पर्‍यो। प्ले अफमा भने उत्तरी आयरल्यान्डलाई दुई लेगमा गरी १-० को जितसहित स्विट्जरल्यान्डले विश्वकप फुटबलमा आफ्नो ११औं सहभागिता पक्का गरेको थियो।

खुसीको कुरो स्विट्जरल्यान्डले उत्तरी आयरल्यान्डविरुद्ध हात पारेको त्यो जितपछि खेलिएको मैत्रीपूर्ण खेलमा पनि आफूलाई अपराजित नै राखेको छ। यो अवधिमा खेलिएको चार मैत्रीपूर्ण खेलमध्ये स्विट्जरल्यान्डले ग्रिसलाई १-०, पानामालाई ६-० र जापानलाई २-० गोलले पराजित गरेको छ भने विश्वकपको पूर्वविजेता स्पेनसँग १-१ गोलको बराबरी खेलेको छ। योभन्दा महत्वपूर्ण, स्विट्जरल्यान्डले निक्कै लामो समयदेखि आफूलाई उच्च लयमा राखेको छ।

स्विट्जरल्यान्डले सन् २०१६ को जुन देखियता दुई वर्षको अवधिमा खेलिएको २२ मध्ये केवल दुई खेलमा पराजय बेहोरेको छ। चार खेलमा बराबरीको नतिजा निकालेको स्विट्जरल्यान्ड १६ खेलमा भने विजयी बनेको छ। टोलीले खेलेको यी प्राय: खेल आधिकारिक प्रतियोगिताका खेल छन्। त्यसैले पछिल्लो खेलमा निकाल्दै आएको नतिजा र रुस विश्वकपमा समावेश खेलाडीको व्यक्तिगत क्षमतालाई हेर्दा स्विट्जरल्यान्ड निकै ससक्त टोलीको रूपमा देखिएको छ।

प्रशिक्षक भ्लादिमिर पेत्कोभिचले रुस विश्वकपका लागि पुराना अनुभवी र क्षमतावान् नयाँ युवा खेलाडीलाई समेटेर टोली घोषणा गरेका छन्। जसको संयोजन पछिल्ला मैत्रीपूर्ण खेलमा निक्कै राम्रो देखिएको छ। विश्वकप फुटबलमा सबैभन्दा सफल टोली ब्राजिल, सर्बिया र कोस्टारिकासँगै रहेको स्विट्जरल्यान्डले अगाडि बढ्न भने आफ्नो पहिलो खेलबाटै कडा मेहनत गर्नुपर्ने छ।

स्विट्जरल्यान्डको टोली

गोलरक्षक : यान सोमर (बोरुसिया मोन्चेनग्लाबाच ), भोन भोगा (रसेनबलस्पोर्ट लिपजिग) र रोमन बुएर्की (बोरुसिया डर्टमन्ड)।

रक्षक : स्टेफन लिच्टस्टेइनर (युभेन्टस), फ्राङ्कोइज मोउबान्जे (टोउलुस), निको इल्भेदी (बोरुसिया मोन्चेनग्लाबाच), म्यानुएल एकान्जी (बोरुसिया डर्टमन्ड), मिखाइल लाङ (एफसी बासेल), रिकार्डाे रोड्रिगेज (एसी मिलान), जोहान डिजोरु (एन्टालियास्पोर) र फाबियन स्चाइर (डेपोर्टिभो ला कोरुना)।

मिडफिल्डर : रेमो फ्रेउलर (एटालान्टा बर्गामो), ग्रानित जाका (आर्सलन), भालोन बेहर्मी (उडिनेस), स्टिभन जुबर (होफेनहेम), ब्लेरिम जेमइली (बोलोग्ना), गेल्सन फर्नान्डेस (इन्ट्रान्च फ्राँकफर्ट), डेनिस जाकारिया (बोरुसिया मोन्चेनग्लाबाच) र जेर्डन साक्विरी (स्टोक)।

स्ट्राइकर : ब्रिल इम्बोलो (साल्के), हारिस सेफेरोभिच (बेनफिका), मारियो गाभरानोभिच (डाइनामो जाग्रेभ) र जोसिप डिर्मिक (बोरुसिया मोन्चेनग्लाबाच )।

प्रशिक्षक : भ्लादिमिर पेत्कोभिच।

स्विट्जरल्यान्डको खेल

समूह ‘ई’

जुन १७ : ब्राजिलविरुद्ध

जुन २२ : सर्भियाविरुद्ध

जुन २७ : कोस्टारिकाविरुद्ध

स्विट्जरल्यान्ड

सहभागिता : ११औं पटक

उपलब्धि : क्वार्टरफाइनल

फिफा वरीयता : ६


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.