कालीगण्डकीमा जलयात्रा बन्द

कालीगण्डकीमा जलयात्रा बन्द

कुश्मा : मनसुन सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको वहाब बढेपछि नदीमा जलयात्रा (फ्याफटिङ) रोकिएको छ। विशेष गरी चैत, वैशाख र जेठ महिनामा सिजन अनुरुप सञ्चालन हुने जलयात्रा यसवर्ष जेठको तेस्रो सातादेखि नै मनसुन सुरु भएकाले बन्द गरिएको हो।

विगतमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्‍याफटिङ) सहज सञ्चालन गरिए पनि यसवर्ष वर्षातको समय छिटो सुरु भएकाले र्‍याफिटङ सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको स्थानीय र्‍याफ्टिङ व्यवसायी होमबहादुर पुनले जानकारी दिए। ‘अघिल्लो वर्ष जुन १५ सम्म र्‍याफ्टिङ गरेका थियौं’, उनले भने, ‘यस वर्ष जुन महिनामा कुनै पनि कम्पनी कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्न आएनन्।’

वर्षा यामको समाप्तीसँगै असोजको पहिलो साता अर्थात सेप्टेम्बरदेखि र्‍याफ्टिङ पुन सञ्चालनमा ल्याइने पुनले बताए। छोटो र पारिवारीक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्वीसा र्‍याफ्टिङ एन्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ। लामो, समथर र कम वहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकी रोज्ने गर्छन्। र्‍याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वदशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ।

सिजनको बेला कालीगण्डकी नदीमा दैनिक २÷३ समूहमा पर्यटक आउने गर्छन्। अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन धेरै हुने रेग्मीको भनाइ छ। ‘अन्य नदीको तुलनामा कालिगण्डीमा र्‍याफ्टिङका लागि धेरै पर्यटक आउने गर्छन्’, उनले भने, ‘कालीगण्डकी र्‍याफ्टिङका लागि पहिलो गन्तव्य बन्दै गएको छ’।

पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको व्यवसायीको भनाइ छ। पर्वतको कुश्मा नगरपालिका १ पाङस्थित नयाँपुल तथा मालढुंगाबाट सुरु हुने र्‍याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ। तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्य मानिन्छ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीका कारण पर्यटक आकर्षित हुने गरेका छन्। र्‍याफ्टिङका लागि यहाँ इजरायल, अस्ट्रेलिया, युरोपियेली मुलुक र अमेरिकाबाट धेरै पर्यटक आउने गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.