भैसीलाई पनि सुरक्षा भत्ता
बाजुरा : दूध उत्पादनमा वृद्धि गरी किसानको आयस्तर बढाउने र भैंसी पालनमा किसानलाई आकर्षित पार्न बाजुराको बडिमालिका गाउँपालिकाले सुत्केरी भैंसीलाई पोषण भत्ता दिने भएको छ। आइतबार बसेको नगरपालिका बोर्डको बैठकले ब्याउने भैंसी भएको मालिकलाई भैंसीको पोषण भत्ताका लागि ५० हजार विनियोजन गरेको छ।
किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दानापानीको व्यवस्थापन गरी दूध उत्पादनमा वृद्धि गर्न भैंसीका लागि सुरक्षा भत्ता कार्यक्रम ल्याएको नगरपालिकाको पशु सेवा शाखा प्रमुख शंकर सिंहले बताए।
किसानले घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिने गरेको हुँदा पशु वस्तुको आयु कम हुने, स्वास्थ्य बिग्रिएर बेला-बेला बिरामी हुने र लगानी खेर जाने समस्या कम गर्न यस्तो व्यवस्था गरिएको उनले बताए। यस्तै, उन्नत जातका दुधालु भैंसी र गाई भित्र्याउने किसानलाई अनुदानस्वरूप २० हजारका दरले ढुवानी खर्च दिने पनि गरपालिकाले निर्णय गरेको छ।