नानीबाबुसँग नारायणमान बिजुक्छेंका मनका कुरा
मैले घरमै अक्षर चिन्ने मौका पाएँ।भक्तपुरको रैथाने भए पनि म काठमाडौं ताहाचलमा रहेको क वर्गको आधार स्कुलमा भर्ना भएँ।दाजु र काकाहरू उतै पढ्ने भएकाले मलाई घरबाट टाढा लगिएछ। स्कुलमा कृषि, काष्ठकला, लुगा बुन्ने काम सिकाइन्थ्यो। हामी प्रयोगात्मक सीपका लागि कुटो बोकेर खेतमा पनि जान्थ्यौं।
यो विद्यालय स्थापना गर्नमा गान्धीको प्रभाव पनि हुन सक्छ। त्यसबेला चीनमा पनि यस्ता आधार स्कुल सञ्चालनमा थिए। हामीलाई त्यहाँ पीटी खेलाइन्थ्यो। गुरुले दायाँ घुम, बायाँ घुम, सतर्क, गोडा फार भनेको झलझली सम्झिन्छु। हाम्रो स्कुलका उत्पादनले अन्त पनि यस्ता विद्यालय खोलेका थिए। पछि आधार स्कुल चल्न सकेनन्। क्रमशः बन्द भए।
नारायणमान बिजुक्छें
त्यसपछि म कक्षा ३ मा श्री पद्म हाइस्कुल भक्तपुरमा भर्ना भएँ। त्यहाँ बुझाउने भन्दा घोकाउने चलन बढी थियो। हाम्रो ध्यान खेल्नमा बढी हुन्थ्यो। हामी टिफिनको समयमा हनुमन्ते खोलामा पौडी खेल्न जान्थ्यो। त्यसबेला खोलामा पानी सफा थियो। हिउँदमा पनि पानी प्रशस्तै हुन्थ्यो। पोखरी पनि भरिभराउ र सफा हुन्थे। भक्तपुरमा माछा मार्ने चलन भने थिएन। हरियाली जताततै थियो। सबैतिर खेती गरिन्थ्यो।
भक्तपुरका पुराना सहरमा बस्ती बाक्लो थियो। बाहिरका मान्छे बसाइँ सरेर आउने, जग्गा प्लटिङ गर्ने चलन पछि आएको हो। यस्तो अव्यवस्थित सहरीकरणले पूरै सहर कुरूप बन्दै गएको छ। इँटाभट्टा जताततै खोलिएकाले पानीका मुहान सुकिरहेका छन्।
पछि म फरि जुद्धोदय हाइस्कुल क्षेत्रपाटीमा भर्ना भएँ। त्यहाँ रामजीप्रसाद उपाध्याय हेडमास्टर हुनुहुन्थ्यो।हामी उहाँसँग खुबै डराउँथ्यौं। हामी साथीहरूसँग सिनेमा हेर्न जान्थ्यौं। बिदामा घुम्न जान्थ्यौं।यसले हाम्रो ज्ञानको दायरा फराकिलो पाथ्र्यो।
काठमाडौंमा त्यसबेला हाम्रा नातागोता कम थिए। स्कुल नजिकैको होटेलमा मेरो लागि खाजाको व्यवस्था गरिएको थियो। म साथीभाइसमेत लिएर खाजा खान जान्थेँ। यसले धेरै पैसा खर्च हुन थालेछ। पसलेले मेरा अभिभावकसँग गनगन गर्न पनि थाले।
त्यहाँ एकजना मुसलमान शिक्षक पनि पढाउनुहुन्थ्यो। खाना खाँदाखाँदै प्याज काटेर हालिदिन अर्याउनुभयो। मैले अलग्गै माथिबाट हालिदिएँ।त्यतिबेरसम्म भक्तपुरमा मुसलमानलाई छुनु हुँदैन भन्ने मान्यता थियो।
बुवा रौतहटको बजार अड्डामा काम गर्नुहुन्थ्यो। म पनि पढ्नलाई त्यतै गएँ। जुद्ध पब्लिक हाइस्कुलको कक्षा ६ मा भर्ना हुँदा चिन्ताहरण सिंह हेडमास्टर हुनुहुन्थ्यो। उहाँ ६ वटी छोरी जन्मिएपछि विरक्तिएर हिँड्नु भएको रहेछ। दरबार हाइस्कुलमा नभएका सुविधा उहाँको स्कुलमा थियो। उहाँ हरकुरामा पोख्त हुनुहुन्थ्यो। नेवारी भाषा मात्र बोल्ने मलाई नेपाली, अंग्रेजी, हिन्दी भाषा सिकाउनुभयो। हाम्रो ब्याचमा १८/२० विद्यार्थी थियौं। कोही पछि इन्जिनियर पनि भए।
त्यहाँ पटनाको कोर्स पढाइ हुन्थ्यो। नेपाली कोर्ससँग मिल्दोजुल्दो थिएन। भारतीय शिवसेनाको पीटी खेलाइन्थ्यो। रौतहट जाँदा मलाई भरियाले डोकोमा बोकेर चन्द्रागिरिको बाटो लगेका थिए। रोपवे अनि गाउँघरको मनमोहक दृश्य देखेर म चकित भएँ। गौरमा गोरुगाडा चढ्न पाउँदा रमाइलो भयो। शिवजीको वाहन भनेर आमा चढ्न मान्नु भएन।पछि सबैले सम्झाउँदा, बाहुनी बज्यैहरू चढेको देखेपछि चढ्न थाल्नुभयो।
भक्तपुरको पद्मोदय हाइस्कुलबाट मैले एसएलसी पास गरेँ।त्यसबेला राम्रो पढ्नुपर्छ भनेर कसैले भन्दैनथ्यो। हामी अतिरिक्त क्रियाकलाप र फुटबल खेल्नमा व्यस्त भयौं। रमाइलो गरेरै समय बितायौं। समयको सदुपयोग गर्न सकिएनछ भन्ने लाग्छ।
हामी त्यसबेला लीलाराज उपाध्यायको आधुनिक घरमा बस्थ्यौं। उहाँ कलकत्तामा डाक्टर पढ्दापढ्दै सात सालको क्रान्तिमा हाम फाल्नुभयो।पढाइ छाडेर कम्युनिस्ट हुनुभयो।
बुवाआमा नहुँदा म उहाँहरूसँगै खाना खान्थेँ।त्यहाँ एकजना मुसलमान शिक्षक पनि पढाउनुहुन्थ्यो। खाना खाँदाखाँदै प्याज काटेर हालिदिन अह्राउनुभयो।मैले माथिबाट हालिदिएँ। त्यतिबेरसम्म भक्तपुरमा मुसलमानलाई छुनु हुँदैन भन्ने मान्यता थियो।यो घटना सम्झेर म सधैं लज्जित हुन्छु। यो थाहा पाएर घरबेटी बाले तिमीले खाना छुँदा पहेँलो हुन्छ त भनेर गाली गर्नुभयो।
अतिरिक्त क्रियाकलापमा भाग लिने गर्नुपर्छ। खेलकुदले मानिसलाई सक्रिय बनाउँछ। लोसे हुनबाट रोक्छ। चित्र बनाउने बानीले सोच्ने कलाको विकास गर्छ।
२०११ सालमा रौतहटमा ठूलो बाढी आयो। सबैतिर जलामय भयो। पानी सुकेपछि हाहाकार भयो। खानेकुरा कतै केही पनि पाइएन। अनिकाल सुरु भयो। खानाको माग गर्दै जुलुस निस्किन थाले। हामी गान्धी प्रेसमा गएर पर्चा निकाल्थ्यौं र बाँड्थ्यौं। त्यहाँ जनताले खान पाएनन् इत्यादि लेखिएको हुन्थ्यो। यसले मेरो राजनीतिक चेतनाको विकास भयो।
गर्मीको समयमा गाउँमा आगलागीका घटना भइरहन्थे। हामी पानी ओसार्ने, गुइँठा फ्याँक्ने, काम गथ्र्यौं। कोही आगो फैलिन नदिन झुप्रा घरहरू भत्काउँथ्यौं। यसले सेवाको भाव बढायो काम गर्न जागरुक बनायो। रौतहटमा २१ दिनसम्म नेत्रदान यज्ञ भएको थियो। हामी विद्यालय पोसाकमा स्वयंसेवकको रूपमा खटिन्थ्यौं। कार्यक्रम समापनको दिन डाक्टरले भनेको 'घाममा बसेर पढ्नु हुँदैन, सूर्यलाई खाली आँखाले हेर्नु हुँदैन, केटाकेटीलाई धेरै सानो अक्षर पढ्न दिनु हुँदैन' यी कुरा सम्झनामा अझै ताजै छ।
हामी शारदा पुस्तकालयमा नियमित जान्थ्यौं। त्यहाँ तीनै मुस्लिम शिक्षक लाइब्रेरियन हुनुहुन्थ्यो। हामी सचित्र बाल कथाहरू पढ्थ्यौं। वीरताका कथा पढ्थ्यौं। त्यसबेला विश्वयुद्धका कथाहरू धेरै पढ्न पाइन्थ्यो। यसले संसार भरका कुरा गर्न सक्ने भएका थियौं। भाइबहिनीले पनि पुस्तकालयमा समय बिताउने बानी गर्नुपर्छ। सामाजिक सञ्जाल, मोबाइल, ल्यापटप र कम्युटरमा मात्र झुन्डिनु स्वस्थ्यकर हुँदैन। कोर्सका मात्र किताबले कहाँ पुग्छ र ?
अवस्था हेरेर जुलुसमा जाने, भाषण सुन्ने बानी गर्नुपर्छ। यसले राजनीतिक चेतनाको विकास हुन्छ। प्राकृतिक प्रकोप पछि उद्धारमा र शिविरहरूमा सहभागी हुनुपर्छ। यसले जनताको सेवा गर्नमा बानी पार्छ। अतिरिक्त क्रियाकलापमा भाग लिने गर्नुपर्छ। खेलकुदले मानिसलाई सक्रिय बनाउँछ। लोसे हुनबाट रोक्छ। चित्र बनाउने बानीले सोच्ने कलाको विकास गर्छ।
क्याम्पसमा पढ्दा बदरीनाथ भट्टराई गुरुले शब्दशब्द केलाउन लगाउनु हुन्थ्यो। पर्यायवाची र विपरीतार्थक शब्द सिकाउनु हुन्थ्यो। यसले शब्द भण्डार बढेर गयो। यसले मलाई पछि स्कुलमा पढाउँदा मात्र होइन साहित्य लेखनमा पनि सहयोग गर्यो। यसैको सहायताले मैले दर्जनौं किताब लेख्न सकेँ। भाइबहिनीले पनि शव्द भण्डार बढाउनु पर्छ, नयाँनयाँ भाषा सिक्नुपर्छ।
(नेता बिजुक्छेंसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।