रुकुममा भूमे नाचको रौनक (फोटो फिचर)

रुकुममा भूमे नाचको रौनक (फोटो फिचर)

रुकुम पश्चिम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको खलंगा बजारसंगै जोडिएका पूर्वतर्फका  मगर बस्तीमा यतिबेला खाम मगरको सबैभन्दा ठूलो चाड भूमे नाच अर्थात बल पूजाकोे रमाइलोले छोपेको छ । हरेक वर्ष जेठ १ गतेका दिन विधिपुर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई भूमि पूजा गरेर बलपूजा सुरु हुन्छ । असार १ गतेसम्म रुकुमका खाम मगर जातिले मौलिक पोशाक  पहिरिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा छ ।

कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला  तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष । दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच । 

रुकुम पूर्वको सिस्ने, पुथा उत्तरगंगा, र भूमे गाउँपालिकामा रहेका आदिबासी जनजातीहरुले, मुख्यतः खाम मगर जातिले विशेष महत्वका साथ मनाउने बल पूजा अर्थात भूमि  पूजाको यो पर्वले मगरका साथै अन्य जातजातिलाई पनि रमाइलो बनाइदिन्छ । 

मगर जातिले पृथ्बी अर्थात भूमिलाई आफ्नो मुख्य देवताको रुपमा मानेर पुज्ने चलन छ । भूमिको पूजा भएपछि  देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नाश भई पृथ्बीबासी सबैमा खुसी आउने जनविश्वासका कारण सदियौंदेखि भूमि पुजा गरेर देवतालाई खुसी बनाउने गरेको  लाङघाली सेवा समाजका अध्यक्ष भागिन्त बुढा बताउँछन् ।

भूमे नाच महिला पुरुषसंगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, बृद्धबृद्धाका साथै तन्नेरी पुस्ताको पनि उत्तिकै आकर्षण रहेको छ । उनीहरु पनि साथीसँग रमाएर आफ्नो मौलिक पोशाकमा  सजिएर नाच्ने गर्छन् । बलपूजा अर्थात भूमि पूजा मगर जातिका लागि निकै महत्वको चाड भएकाले रुकुमका खाम मगरले यस चाडलाई जेठ महिनाको पहिलो सातादेखि असार १ गतेसम्म महिनाभरी भूमे नाच नाचेर आपसमा सद्भाव साट्दै मनाउने गर्छन् । 

रुकुम पश्चिमको सदरमुकाम खलंगाको सहिद मैदान, पातुखोला लगायतका स्थानमा रुकुम पूर्वका विभिन्न भागबाट बसाईसराई गरी आएका झण्डै ३ सय घरधुरी खाम मगरको वस्ती छ ।यो क्षेत्रका सबै मगरहरुले संगै भेला भएर रमाइलो गर्दा आफुहरुले दुःख पिर बिर्सने  र मन खुसी हुने विश्वास छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.