विद्यार्थीसँग पूर्वप्रधानमन्त्री माधव नेपाल (भिडियो)

विद्यार्थीसँग पूर्वप्रधानमन्त्री माधव नेपाल (भिडियो)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार ब्राजिलको १० दिने भ्रमणबाट फर्किएपछि विमास्थलबाट सिँधै एक विद्यालयको कार्यक्रममा सहभागी भए।  काठमाडौंको शंखरापुर नगरपालिका १२ घुमारचोकको उग्रतारा माध्यमिक विद्यालयमा आयोजित भवन शिलान्यास समारोहमा पुगेका पूर्वप्रधानमन्त्री नेपालले करिब दुई घण्टा स्कुलमै बिताएका थिए। शिक्षक, अभिभावक र विद्यालयका सहयोगीसँग छलफल कार्यक्रममा सहभागी भएका नेता नेपाल केहीबेर विद्यार्थीसँग रमाए। 

शिक्षकलाई नेता नेपालले विद्यार्थीलाई कसरी बोल्न सिकाउने सुझाव दिए। ‘कक्षामा हप्ताको एक दिन विद्यार्थीलाई पहिला एउटा विषय दिएर बोल्न दिने’, शिक्षकलाई सुझाव दिँदै भने, ‘बोल्न थालेपछि डर भाग्छ।’  औपचारिक कार्यक्रम सकिएपछि विद्यार्थीको माझमा पुगेका नेता नेपालले आफ्नो अनुभव सुनाउँदै विद्यार्थीलाई बोल्ने बानीको विकास गर्न प्रेरित गरे। ‘मलाई पहिले अंग्रेजीमा बोल्न कत्ति गाह्रो हुन्थ्यो’, विद्यार्थीलाई अनुभव सुनाउँदै उनले भने। 

नेता नेपालले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीलाई समेत भाषण गर्न गाह्रो हुने गरेको कुरा विद्यार्थीलाई सुनाएका थिए। ‘भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले धेरै पढ्नुभएको थियो। तर, उहाँलाई भाषण गर्न धेरै गाह्रो हुन्थ्यो’, नेता नेपालले भने, ‘धन्यवाद भन्न पनि उभिनेबित्तिकै खुट्टा थरर..थरथर.. काम्न थाल्थे । बोल्दा आवाज निस्किदैनथ्यो, प..प..प..प..प मात्र हुन्थ्यो। गर्दै जाँदा त भाषणमै  एक दुई घण्टा बित्न थालेछ।’ 

अभ्यास गरे बोल्न सहज हुने नेता नेपालको सुझाव छ। ‘बोल्नु भनेको अभ्यास हो, गर्दै गएपछि हुन्छ। आट गर्नुपर्छ। के विषय बोल्छु थाहा हुनुपर्छ’, नेता नेपालले थपे, ‘धेरै लामो बोल्नु हुँदैन। थोरै कुरा बोल्ने हो। ट्याक्क बोल्ने हो।’

त्यसअघि नेता नेपालले हेम सरिता पाठक फाउन्डेसनद्वारा निर्माण हुन लागेको उग्रतारा माध्यमिक विद्यालयको भवनको दोस्रो तला निर्माणका लागि शिलान्यास गरेका थिए। कार्यक्रममा हेम सरिता फाउन्डेसनका संरक्षक हेम पाठक, प्रदेश नम्बर  ३ का प्रमुख सचेतक रामेश्वर फुँयाल, शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठलगायतको उपस्थिति थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.