विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र कुन ?

विश्पकप खेल्ने सबैभन्दा धनी र गरिब राष्ट्र कुन ?

मस्को : विश्वकप फुटबलको २१औं संस्करणमा ३२ टोलीले सहभागिता जनाएका छन् । विश्वकपमा सहभागी देशमध्ये सबैभन्दा धनी राष्ट्र स्विट्जरल्यान्ड हो । यस्तै सबैभन्दा गरिब मुलुक सेनेगल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्विट्जरल्यान्डको वार्षिक प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलर रहेको छ । जबकि अफ्रिकी मुलुक सेनेगलका जनताको प्रतिव्यक्ति आय एक हजार ३८ मात्रै छ ।

स्विट्जरल्यान्डपछिको दोस्रो धनी राष्ट्र आइसल्यान्ड हो । यहाँका जनताको वार्षिक प्रतिव्यक्ति आय ७० हजार तीन सय ३२ अमेरिकी डलर छ । आइसल्यान्ड जनसंख्याको हिसाबले भने सबैभन्दा सानो मुलुक हो । यहाँको कुल जनसंख्या तीन लाख ३४ हजार मात्रै रहेको छ । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो देश भने ब्राजिल हो । यस देशको जनसंख्या २१ करोड रहेको छ । ब्राजिलपछि अधिक जनसंख्या भएको मुलुकमा नाइजेरिजा पर्दछ । अफ्रिकी मुलुक नाइजेरियाको जनसंख्या १९ करोड ५० लाख रहेको छ । यसैगरी आयोजक रुस ३२ राष्ट्रमध्ये तेस्रो नम्बरमा पर्दछ । रुसको जनसंख्या १४ करोड ४० लाख छ । यसैगरी १३ करोड जनसंख्याका साथ मेक्सिको चौथो र १२ करोड ७० लाख जनसंख्याका साथ एसियाली मुलुक जापान पाँचौं स्थानमा छ ।

यसैगरी विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये तेस्रो धनी मुलुक हो, डेनमार्क । डेनमार्कका जनताको वार्षिक प्रतिव्यक्ति आय ५६ हजार चार सय ४४ लडर रहेको छ । विश्वकपमा सहभागी अर्को धनी मुलुक हो, अस्ट्रेलिया । एसियाली राष्ट्र अस्ट्रेलियाका जनताको वार्षिक आय ५५ हजार सात सय सात अमेरिकी डलर छ । यसैगरी युरोपियन राष्ट्र स्विडेन विश्वकपमा सहभागी पाँचौं धनी राष्ट्र हो । यहाँका नागरिकको वार्षिक आय ५३ हजार दुई सय १८ अमेरिकी डलर रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.