सिंहदरबारकै केन्द्रीय चमेना गृहको  खाना अखाद्य

सिंहदरबारकै केन्द्रीय चमेना गृहको  खाना अखाद्य

बयानका लागि बोलाइयो 

काठमाडौं  : मुलुकको प्रमुख प्रशासनिक  निकाय सिंहदरबार भित्रै रहेको केन्द्रीय चमेना गृहमा सलादका लागि प्रयोग गरिने गाजर, काक्रा र सागपात फोहोर ठाउँमा भण्डारण गरी भुसुनाले ढाकिएको अवस्थामा रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट सोमबार  अनुगमनमा खटिएको  टोलीले केन्द्रीय चमेना गृहमा खाना फोहोर भएको औल्याएको हो। 

चमेना गृहमा खाना तथा सागपात  फोहोर भएको पाइएपछि चमेना गृहका सञ्चालकलाई तीनदिन भित्र  बयानका लागि बोलाइएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए। केहिदिन अघि मात्रै अन्नपूर्ण पोस्ट्ले सिहदरबारकै केन्द्रीय चमेना गृहले  सरसफाइमा ध्यान दिन नसकेको र मनपर्दी रुपमा खाजा बिक्री गरेको समाचार प्रकाशित भएको थियो।

विभागका खाद्य अनुसन्धान अधिकृत सुवेदीका अनुसार चमेना गृहमा अनुगमन गर्दा मासु राख्ने डिफ्रिजमा रगत र पानी पोखी फोहोर गर्ने गरेको, तयारी खाद्य वस्तु भान्सा कोठामा नछोपी भूइँमा यताउता छरपस्ट राखिएको, खाना बनाउने कच्चा पदार्थ र अन्य अखाद्य वस्तुसँगै एकै ठाउमा राखेर फोहोर गर्ने गरेको पाइएको छ। 

यसैगरी अनुगमनका क्रममा सुख्खा रोटी बनाउने कपडा अत्याधिक फोहोर रहेको पाइएको, व्यक्तिगत सरसफाइ गर्दा सामान्य माक्स, एप्रोन, क्याप, पन्जा नलगाएको पाइएको,  सोही दिन खाना पकाउन प्रयोग गर्न राखिएको  ५ लिटर तेल दुषित पाइएकाले नष्ट गरिएको विभागको अनुगमन टोलीले जनाएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.