एकल साँझमा टीकालाई स्यावासी

एकल साँझमा टीकालाई स्यावासी

काठमाडौं : दर्शकले खचाखच भरिएको हल। स्टेजमा वाद्यवादन समूहका साथ प्रस्तुत भएका थिए गायक तथा संगीतकार, टीका बोम्जन। पहिलो एकल प्रस्तुतिस्वरूप राष्ट्रिय भावनाले ओतप्रोत ‘माटोले माग्दैन आफैंले दिनुपर्छ’ बोलको गीत गाएपछि दर्शक दीर्घामा रहेका कामु प्रधानसेनापति पूर्णचन्द्र थापा जुरुक्क उठेर स्टेजमा गए, अनि टीकालाई धाप मार्दै बधाई दिए।

भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सोमबार साँझ आयोजित ‘टीका बोम्जन एकल साँझ २०७५’मा दर्शकको बाक्लो उपस्थिति थियो। केही दिनअघि सडक दुर्घटनामा परी उपचार गराई गरेका गायक शिव परियार बैसाखी टेकेर कार्यक्रममा पुगे। ‘मेरो हिँडडुल गर्ने अवस्था छैन तर टीकाको एकल साँझ भएकाले यहाँ आएँ’, शिवले भने, ‘टीका अहिले नेपाल सांगीतिक क्षेत्रका प्रतिनिधि पात्र हुन्।’ सो अवसरमा शिवले टीकाको संगीत रहेको ‘रोशी खोला तीरैमा’ बोलको गीत पनि सुनाए।

नेपाली सेनामा कार्यरत टीकाले २०५९ सालमा नगरकोटस्थित रिपिटर टावरको पोस्ट मर्मत गर्ने क्रममा लडेर हाइभोल्टेज करेन्टमा परी उपचारका क्रममा दुवै हात गुमाउनु परेको थियो। ‘२१ वर्षको उमेरमा मैले दुवै कर्मठ हात गुमाए पनि आज सयौं हातको साथ पाएको छु’, उनले भने। हिमालय नेपाली इभेन्टस् प्रालिको आयोजनामा भएको कार्यक्रममा टीकाले ‘बार प्रिय बार’, ‘तिमी मेरै’, ‘झरना पानी’, ‘यो देशलाई’, ‘सैलुङे गाउँकी’, ‘मैलेभन्दा माया दिने’ बोलका गीत प्रस्तुत गरेका थिए।

पवनवाङ लामाको ब्यान्ड संयोजनमा तबलामा कुमार महाराज र भुवन गन्धर्व, लिड गितारमा देवासिस मोक्तान, बेस गितारमा अनुप दास, बाँसुरीमा गोपालदेव घतानी, किबोर्डमा रूपम सिङ गुरुङ, अक्टोप्याडमा रूपेशसिंह गुरुङले टीकालाई वाद्यवादनमा साथ दिएका थिए। कार्यक्रममा दुर्गा परियार, इन्दिरा गोले, सुरेश लामा, अनिल लामालगायतले टीकाद्वारा संगीतबद्ध गीत गाएका थिए भने फिमफेदी गाइजले नृत्य प्रस्तुत गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.