लयमा पोल्यान्ड

लयमा पोल्यान्ड

वार्स : विश्वकपको तयारीका क्रममा खेलिएको मैत्रीपूर्ण खेलमा पोल्यान्ड लयमा देखिएको छ। घरेलु मैदानमा मंगलबार राति खेलिएको खेलमा पोल्यान्डले लिथुआनियालाई ४–० गोलले हरायो। एकपक्षीय खेलमा पोल्यान्डले पहिलो र दोस्रो हाफमा दुई÷दुई गोल गरेको थियो। पोल्यान्डको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई गोलको योगदान गरेका थिए।

खेल सुरु भएको १९औं मिनेटमा पहिलो गोल गर्दै टोलीको उत्साह बढाएका लेवान्डोवस्कीले ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए। खेलभर एउटै लयमा देखिएको पोल्यान्डका डेविड कोनाक्कीले ७० औं मिनेटमा तेस्रो गोल थपेका थिए। पोल्यान्डले चौथो गोल भने ८२औं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो। ज्याकुब ब्लास्जेकोस्कीले पेनाल्टीको सदुपयोग गरेका थिए।

सन् १९३८ देखि विश्वकपमा सहभागिता जनाएको पोल्यान्डले आठ पटक विश्वकपको यात्रा तय गरिसकेको छ। तर, पोल्यान्डको उपलब्धि भने तेस्रो स्थानमाथि उक्लन सकेको छैन। पोल्यान्ड सन् १९७४ र सन् १९८२ को विश्वकपमा तेस्रो भएको थियो। एडम नवल्काको प्रशिक्षणमा रहेको पोल्यान्ड यसपटक आफ्नो रुस यात्रालाई सम्झन लायक बनाउने तयारीमा छ।

रुस विश्वकपमा युरोपबाट छनोट यात्रा तय गरेको पोल्यान्ड समूह ‘एच’ बाट प्रतिस्पर्धा गर्दैछ। यो समूहमा सेनेगल, कोलम्बिया र एसियाली राष्ट्र जापान पनि छन्। पोल्यान्डले असार ५ गते सेनेगलविरुद्ध खेल्दै विश्वकपमा आफ्नो यात्रा प्रारम्भ गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.