२०२६ को विश्वकप तीन देशमा

२०२६ को विश्वकप तीन देशमा

मस्को : सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। विश्व फुटबल महासंघ (फिफा) को रुसमा बुधबार सम्पन्न कंग्रेसले विश्वकपको २३औं संस्करण उत्तर अमेरिकी देश अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ। विश्वकप आयोजनाका लागि गरिएको मतका आधारमा फिफाले तीन देशलाई विश्वकप आयोजनाको अधिकार प्रदान गरेको हो।

विश्वकप आयोजनाका लागि भएको मतदानमा तीन देशको पक्षमा एक सय ३४ मत र मोरक्कोको पक्षमा ६५ मत परेको थियो। मतदानमा फिफामा आबद्ध दुई सय तीन देशले भाग लिएका थिए। फिफामा अहिले दुई सय ११ देश आबद्ध छन्। अमेरिकाले यसअघि सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। मेक्सिकोले सन् १९७० र सन् १९८६ को विश्वकप आयोजना गरेको थियो। मोरक्कोले भने हालसम्म पाँचौं पटक विश्वकप आयोजनाको दाबेदारी गरे पनि सफलता पाउन सकेन।

यसैगरी फिफा कंग्रेसले सन् २०२६ को विश्वकपमा ४८ टोलीबीच प्रतिस्पर्धा गराउने भएको छ। उक्त विश्वकप इतिहासकै ठूलो हुनेछ। विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट ४८ हुने भएपछि अफ्रिका र एसियाली देशहरूको कोटा पनि बढ्ने निश्चित छ।

तर, कोटाको विषयमा भने निर्णय भइसकेको छैन। हाल युरोपबाट १४, एसिया, अफ्रिका र दक्षिणा अमेरिकाबाट पाँच÷पाँच तथा उत्तरअमेरिकाबाट तीन टोलीले प्रतिनिधित्व गर्ने गरेका छन्। सन् २०२२ मा कतारमा हुने विश्वकपमा भने ३२ टोलीबीच नै प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.