रसियाले साउदी अरबमाथि गोल बर्साउँदा बनेका रोचक रेकर्ड

रसियाले साउदी अरबमाथि गोल बर्साउँदा बनेका रोचक रेकर्ड

मस्को : रसियामा बिहीबारबाट विश्वकप फुटबलको २१ औँ संस्करण सुरु भएको छ । लुझ्निकी स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ८ बजे उद्घाटन समारोह सुरु भएको थियो । 

दोस्रो फराकिलो जित

त्यसपछि पहिलो खेल आयोजक रसिया र साउदी अरबबीच खेलियो । समूह ए मा रूसले साउदी अरबलाई ५-० ले हरायो । यस जीतका साथ रसियाले ३ अंक जोडेको छ । विश्व कपको ८८ वर्षको इतिहासमा उद्घाटन खेलको यो दोस्रो ठुलो जित हो । यसभन्दा पहिले सन् १९३४ मा इटालीले अमेरिकालाई ७-१ अन्तरले हराएको थियो । 

गजिन्स्कीको पहिलो गोल

रसियाको तर्फबाट चेरीसेभले दुई गोल गरे । उनले ३४ र ९१ मिनेटमा गोल गरेका थिए । युरी गजिन्स्कीले १२ औँ मिनेटमा, डिज्युभाले ७१ औँ र गोलोभिनले ९४ औँ मिनेटमा गोल गरे  । गजिन्स्की यो विश्व कपमा पहिलो गोल गर्ने खेलाडी पनि भएका छन् ।

सब्टिच्युटको पहिलो गोल

गजिन्स्की र चेरीसेभको यो पहिलो अन्तरराष्ट्रिय गोल पनि हो । चेरीसेभ विश्वकपको पहिलो खेलमै गोल गर्ने पहिलो सब्स्टिच्युट खेलाडी पनि बनेका छन् । २४ औँ मिनेटमा उनलाई घाइते बनेका एलेन जेगोभको स्थानमा उतारिएको थियो । त्यसपछि उनले सबस्टिच्युट खेलाडीका रुपमा गोल पनि गरे । 

रूस खेलाडी ११८ किमी दौडिए

टिम बल पोजिसन पासिङ एक्युरेसी कर्नर दौडिएको दुरी
रूस ४१ प्रतिशत ५९ प्रतिशत ११८ किलोमिटर
साउदी अरब ७६ प्रतिशत ८६ प्रतिशत   २  १०५ किलोमिटर


कम वरीयताकाबीच पहिलो भिडन्त 

पहिलो पटक सबैभन्दा कम वरीयतावाला टिमबीच उद्घाटन खेल भएको हो । आयोजक रसियाको वरीयता ७० र साउदी अरबको वरीयता ६७ छ । विश्वकप फुटबलको ८८ वर्षको इतिहासमा २१ औँ संस्करणसम्म आइपुग्दा आयोजक राष्ट्रले १४ उद्घाटन खेल जितेका छन्

स्टेडियममा ७८ हजार दर्शक

फिफाले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्कप फुटबलको उद्घाटन समारोह हेर्न लुझ्निकी स्टेडियममा ७८,०११ दर्शक उपस्थित थिए । यिनमा उद्घाटन समारोहमा सहभागी हुन बोलाइएका विश्वभरका नेतादेखि विख्या फुटबलर र अन्य पाहुन पनि थिए । 

पप स्टार रोबी विलियम्सको प्रस्तुति

उद्घाटन समारोहमा इंग्ल्यान्डका पप स्टार रोबी विलियम्स, गायक जुआन डिएगो फ्लोरेज, स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो र रूसी ओपेरा गायक गरीफुल्लिनासहित ५०० कलाकारले सांगीतिक प्रस्तुति दिए । 

पेले आएनन्

स्वास्थ्यमा समस्या भएका कारण उद्घाटन समारोहमा ब्राजिलका महान फुटबलर पेले उपस्थित हुन सकेनन् । तर उद्घाटन समारोहमा ब्राजिलकै विश्वविख्यात फुटबलर रोनाल्डो उपस्थित थिए । 

त्यसपछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले समारोहलाई सम्बोधन गरे । उनको सम्बोधनपछि फिफा अध्यक्ष जियानी इन्फेन्टिनोले फुटबल विश्वकप सुरु भएको आधिकारिक गरे । 

३० हजार सुरक्षाकर्मी

यस समारोह र खेलका क्रममा सुरक्षाका लागि ३० हजार जवान तैनाथ थिए । लडाकू विमानको टुकडी पनि सम्भावित खतरासँग जुध्न तम्तयार थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.