रूस विश्वकपमा अर्जेन्टिनी प्रशिक्षकको दबदबा

रूस विश्वकपमा अर्जेन्टिनी प्रशिक्षकको दबदबा

मस्को : विश्व फुटबलमा अर्जेन्टिनाको सान बेग्लै छ । टोलीको प्रदर्शनले मात्र होइन खेलाडीका कारणले पनि अर्जेन्टिनालाई फुटबलमा मन पराउने जमात विश्वभर ठूलो छ । महान् खेलाडी डिएगो म्याराडोना र वर्तमानका हिरो लियोनल मेसीको देश अर्जेन्टिना फुटबल प्रशिक्षकको कारणले पनि अहिले चर्चित बनेको छ । रुस विश्वकपमा अर्जेन्टिनाबाट मात्र सर्वाधिक पाँचजना प्रशिक्षकले विभिन्न देशको नेतृत्व गर्दैछन् ।

बिहीबारदेखि सुरु २१औं विश्वकपमा सहभागी ३२ टोलीमा अर्जेन्टिनाका पाँचजना प्रशिक्षकले विभिन्न टोलीको मुख्य प्रशिक्षक सम्हाल्ने मौका पाएका हुन् । अहिले अर्जेन्टिनी राष्ट्रय टोलीको प्रशिक्षकमा जर्ज सम्पाओली छन् ।

अहिले कोलम्बिया टोलीको मुख्य प्रशिक्षक जोसे पेकरम्यान, पेरुका मुख्य प्रशिक्षक रिकार्डो गार्सिया, इजिप्टका मुख्य प्रशिक्षक हेक्टर कुपर र साउदी अरेबियाका मुख्य प्रशिक्षक हुवाँ एन्टोनियो पिज्जी पनि अर्जेन्टिनी नागरिक हुन् ।

एउटै विश्वकपमा पाँचवटा देशलाई प्रशिक्षक उपलब्ध गराउन सक्नुलाई फुटबल विश्लेषकहरूले अर्जेन्टिनाको फुटबल संस्कृतिसँग जोडेर हेरेका छन् । ‘अर्जेन्टिना क्षमतावान् खेलाडी उत्पादन गर्नमा माहिर छ । यो देश फुटबल प्रशिक्षकको कारखाना नै हो, जसले म्याराडोना र मेसीजस्ता खेलाडी उत्पादन गरिरहेको छ ।

विश्वकप र शीर्ष स्तरका लिग फुटबललाई पनि प्रशिक्षक र खेलाडी दिएको छ । यदि विश्व सकरले केही सिक्नु छ भने, त्यो अर्जेन्टिनाबाट सिके हुन्छ,’ म्यानचेस्टर सिटीका प्रशिक्षक एवं स्पेनका पूर्वखेलाडी पेप ग्वार्डीओला भन्छन् ।

अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वखेलाडी एवं सन् १९७८ को विश्वकप जित्दाका खेलाडी मारियो केम्पस अर्जेन्टिनाका प्रशिक्षकमा क्षमता र व्यक्तित्व स्तरीय हुने धारणा व्यक्त गर्छन् । ‘मैदानमा खेलाडीलाई खेलाउने कला अर्जेन्टिनी प्रशिक्षकको जस्तो अरूमा छैन ।

उनीहरूमा जस्तोसुकै कठिन परिस्थितिमा पनि खेललाई आफ्नो पक्षमा मोड्ने क्षमता राख्छन्’, उनले भने । उनले सन् १९७८ को विश्वकपपछि अर्जेन्टिनाका राम्रा खेलाडीहरू प्रशिक्षणको बाटोमा लागेको पनि बताए । अन्य विश्लेषकले पनि अर्जेन्टिनाका प्रशिक्षकहरू कठिन अवस्थामा पनि टोलीको नतिजालाई उलटपुलट पार्ने क्षमता राख्ने हुँदा सबैको रोजाइका परेको धारणा व्यक्त गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.