भारत: सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै पिच गरियो

भारत: सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै पिच गरियो

नयाँ दिल्ली: संसारकै धेरै गरिब रहेकोमध्ये एउटा देश भारतमा पशुमाथि भएको एउटा बर्बरताको घटना सामुन्ने आएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि नै रोडा र अलकत्रा खन्याएर पिच गरिएको हो । 

मानवीय सभ्यतालाई नै स्तब्ध बनाउने यो घटनाको फोटो अहिले विश्वभर भाइरल भइरहेको छ । सुतिरहेको कुकुरमाथि अलकत्रा र तातो रोडा खन्याएर आधा शरीरसमेत पिच गरिएपछि चर्को आलोचना सुरु भएको छ। 

तातो अलकत्रा र रोडा खन्याएर सडकसँगै आधा शरीर पिच गरिएको कुकुरको ज्यान गएको छ । कुकुर संरक्षण अभियन्तका अनुसार सडकमा सुतिरहेको कुकुरमाथि  तातो अलकत्रा र रोडा खन्याएपछि रोलर चलाइएको थियो । रोलरले थिचेपछि आधा शरीर जलेको अवस्थामा त्यो कुकुरलाई निकालिएको थियो । 

स्थानीयबासी वीरेन्द्र सिंहलाई उधृत गर्दै डेली मेलले प्रकाशित गरेको समाचार अनुसार कुकुरको पछाडिको खुट्टो पुरै जलेको थियो । सडक पिच गर्ने मजदुरले कुकुर नमरुन्जेलसम्म पिच भत्काउन पनि नमानेको स्थानीयले बताएका छन् । 

कुकुरमाथि भएको बर्बरतापछि त्यहाँ भेला भएका पशुं संरक्षण अभियन्ताहरुले भारत सरकारको पब्लिक वर्क्स डिपार्टमेन्टविरुद्ध नाराबाजी गर्दै यो लापरबाहीमा संलग्नमाथि कारबाही चलाउन माग गरेका छन् । 

तर यो डिपार्टमेन्टका अधिकारीहरुले यसमा आफूहरुको दोष नभएको बताउँदै सडक पिच गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई नै दोष थोपर्दै जिम्मेवारी लिनबाट पन्छिएका छन् । 

कुकुरमाथि भएको बर्बर घटनापछि रिसाएका प्रदर्शनकारीले निर्माण कम्पनीमा रोलर र अन्य निर्माण सामाग्री पनि नियन्त्रणमा लिएका छन् । उनीहरुले निर्माण कम्पनीका मालिकालाई घटनास्थलमा उपस्थित हुन चेतावनी दिएका छन् । 

आगराको सरदार पु्लिस स्टेशनका अधिकृत नरेन्द्र कुमारले यो घटनाको जाहेरी दर्ता गरिएको जनाउँदै कुकुरमाथि बर्बर व्यवहार गरेर ज्यान लिने निर्माण कम्पनीलाई काममा प्रतिबन्ध लगाउने तयारी भएको जनाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.