विश्वकप हेर्न साइकलमा पाँच हजार किलोमिटर यात्रा

विश्वकप हेर्न साइकलमा पाँच हजार किलोमिटर यात्रा

मस्को : विश्व फुटबल महासंघमा आबद्ध दुई सय ११ देशमध्ये ३२ टोलीबीच हुने घम्साघम्सीलाई आफ्नै देशका समर्थकले मन पराउनु स्वाभाविक हो । विश्वकप प्रत्यक्ष हेर्न जहाज, होटल र खेलको टिकट बुकिङ गर्नेको जमात लाखौं छ । विश्वभरका करौडौं मानिक रुसमा बिहीबारदेखि सुरु भएको विश्वकपमा आफ्नो मन परेको देशलाई समर्थन गर्न अहिले तँछाडमछाड गरिरहेका छन् ।

तर, साउदी अरेबियाका एक समर्थक भने आफ्नो देश र खेलाडीलाई समर्थन गर्न हजारौं किलोमिटर साइकल यात्रा गर्दै रुस पुगेको समाचारले अहिले अन्तर्राष्ट्रिय समाचार माध्यममा चर्चा पाएको छ । साउदीका फहाद अल-यह्या रुस विश्वकपमा आफ्नो टोलीलाई समर्थन गर्न रियाददेखि साइकल चढेर मस्को पुगेका छन् । २८ वर्षीय फहादले पाँच हजार एक सय ४५ किलोमिटर दूरीको यात्रा ७५ दिनमा पूरा गरेका थिए ।

यात्राका क्रममा फहाद धेरैपटक बाटोमा चिप्लिएर लड्दा घाइते पनि भए तर उनले आफ्नो यात्रा भने कायमै राखे । उनी चारवटा देश पार गर्दै बुधबार मात्र मस्को पुगेका हुन् । मस्कोमा उनलाई त्यहाँस्थित साउदी अरेबियाको दूतावासका अधिकारीसँगै साउदीका खेलाडी, अफिसियल र साउदी अरेबिया फुटबल संघका अध्यक्ष अदेल इजातले भव्य स्वागत गरेका थिए ।

फहादलाई साउदीका राजकुमारले राष्ट्रिय झन्डा दिएर बिदाइ गरेका थिए । उनले उक्त झन्डा मस्कोस्थित साउदी अरेबियाका राजदूतलाई हस्तान्तरण गरेका थिए ।

मस्कोका उनी राष्ट्रिय टोलीसँग खुसी साट्न पाउँदा झनै उत्साहित देखिए । ‘म साइकल यात्रा गर्न मन पराउने मानिस हुँ । यात्रा गर्दाको कठिनाइलाई मैले मस्कोमा आएर भुलेँ । मैले आफ्नो सपना पूरा गरेको छु । म आफ्नो ‘ग्रिन फाल्कोन्स’ टोलीले जितेको हेर्न आतुर छु’, उनले भने ।

उनी विश्वकप सकिएपछि भने हवाईजहाजबाट स्वदेश फर्कने तयारीमा छन् । रुस विश्वकपमा एसियाबाट प्रतिनिधित्व गरेको साउदीले समूह ‘ए’बाट प्रतिस्पर्धा गर्दैछ । यो समूहमा आयोजक रुस, इजिप्ट र उरुग्वे छन् । उद्घाटन खेलमा आयोजक रुसको सामना गरेको साउदीले दोस्रो खेल असार ६ गते बलियो प्रतिद्वन्द्वी उरुग्वेसँग खेल्नेछ ।

यसैगरी पाँच दिनअघि एक जर्मन समर्थक भने ट्र्याक्टर चढेरै विश्वकप हेर्न रुस पुगेका थिए । ७० वर्षीय जर्मन समर्थक हुबर्ट विर्थ आफ्नो घर जर्मनीको फोझेइमबाटै भिन्टेज १९३६ ट्र्याक्टर चढेर रुस पुगेका हुन् । विश्वकप हेर्न ट्र्याक्टरमा रुस पुग्दा उनलाई सीमामा रुसी अधिकारीहरूले भब्य स्वागत गरेका थिए । रुसी अधिकारीहरूले उनलाई ट्र्याक्टर र उनको सामानका लागि तिर्नुपर्ने करमा समेत छुट दिएका थिए ।

उनी प्रतिघन्टा ३० किलोमिटरको गतिमा दौडने ट्र्याक्टरमा आफ्नो कुकुरसहित मस्को पुगेका हुन् । उनलाई मस्को पुग्न १० दिन लागेको थियो । विर्थले आफ्नो ट्र्याक्टरमै आफू सुत्ने र खाने ठाउँसमेत बनाएका छन् । रुस विश्वकप फुटबलमा विर्थको देश जर्मनी चार वर्षअघि ब्राजिलमा आफूले जितेको उपाधि रक्षा गर्ने प्रयासमा छ । सन् २०१४ को फाइनलमा अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै जर्मनीले उपाधि चुमेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.