फिफा विश्वकप: अर्जेन्टिनाका कैदी भोक हड्तालमा

फिफा विश्वकप: अर्जेन्टिनाका कैदी भोक हड्तालमा

मस्को : रूसले साउदी अरबलाई ५-० ले पराजित गरेसँगै २१ औँ स‌ंस्करणको विश्वकप फुटबल सुरु भएको छ। यस विश्वकपलाई लिएर विश्वभरका फुटबल प्रेमीले अनौठा हर्कत गर्न थालेका छन् । अर्जेन्टिनामा कैदीहरुले भोक हड्ताल नै थालेका छन् । 

अर्कातिर इङ्ग्ल्यान्डमा आफ्ना १२ सय नागरिकलाई त्यहाँको सरकारले रसिया जान प्रतिबन्ध लगाएको छ । स्पोर्ट्स वेयर बनाउने कम्पनीले इरानका खेलाडीलाई टिकट दिन नै इन्कार गरेको छ । 

अर्जेन्टिनाको एक जेलमा टेलिभिजन नचलेपछि कैदीले भोक हड्ताल थालेका छन् । कैदीहरुले विश्वकप हेर्नका लागि जेलको टिभीको तत्काल मर्मत गर्न माग गरेका छन्।

प्युर्टो मार्डिन जेलका नौ कैदीले एक विज्ञप्ति निकाल्दै केबल टेलीभिजन आफ्नो अधिकार भएको बताएर हड्ताल थालेका हु्न् । 

उनीहरुले जेलमा तीन दिनदेखि टिभी नचलेको बताउँदै जबसम्म ठीक बनाइँदैन तबसम्म हड्ताल जारी राख्ने अडान लिएका छन् । यी कैदीहरुले यस मामिलालाई लिएर अदालतमा मुद्दा समेत हालेका छन् । 

बेलायतमा १२ सयमाथि प्रतिबन्ध

बेलायतमा आफ्ना १२०० नागरिकलाई फिफा विश्वकपका लागि रूस जान अनुमति दिइएन । रुस जान प्रतिबन्ध लगाइएका उनीहरुमाथि खेलका क्रममा हुलददंगा गरेको आरोप लगाइएको छ । 

बेलायतको सरकारले पुलिससँग मिलेर हुलदं‌गामा संलग्न उनीहरुको व्यक्तिगत विवरणका आधारमा रुस जान प्रतिबन्ध लगाएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.