अमेरिकाले पोख्यो रिस: इरानको टिमलाई फुटबल बुट नै बेचेन
![अमेरिकाले पोख्यो रिस: इरानको टिमलाई फुटबल बुट नै बेचेन](https://annapurnapost.prixacdn.net/media/albums/Iran-Football-team_20180615110525_xqiBB8YBBi.jpg)
एजेन्सी: अमेरिकाको चर्चित स्पोर्ट्स वेयर निर्माता कम्पनी नाइकीले इरानको फुटबल टिमलाई जुत्ता बेच्न नै इन्कार गरेको छ ।
अमेरिकी कम्पनीले नाइकीले भनेको छ, 'अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाइराखेको छ । यस्तो अवस्थामा अमेरिकी कम्पनी हुनुको नाताले हामी इरानको राष्ट्रिय फुटबल टिमलाई जुत्ता बेच्न सक्दैनौँ ।'
इरानका मुख्य प्रशिक्षक कार्लोस क्विरोजले नाइकीको प्रतिबन्धबारेमा आएको भनाइ उचित नभएको बताएका छन् । उनले नाइकीले इरानको टिमसँग माफी माग्नुपर्ने बताएका छन् । उनले यस मामिलामा इरानलाई सघाउन फिफाले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।
नाइकीले आफ्नो टिमलाई जुत्ता दिन अस्वीकार गरेपछि इरानका फुटबल फ्यानले त्यो कम्पनीलाई बहिष्कार अभियान नै चलाएका छन् ।
अमेरिकी स्पोर्ट्सवेयर कम्पनीको यो कदमपछि इरानका प्रशिक्षक कार्लोसले आफ्ना खेलाडीलाई रुसमा फुटबल बुट उपलब्ध गराउन नसकेको बताएका छन् । उनले डोनाल्ड ट्रम्पको संयुक्त राज्य अमेरिकाको प्रतिबन्धका कारण खेलाडीलाई जुत्ता दिन नसकेको भन्दै चिन्ता जनाएका छन् ।
इरान रसिया विश्वकपमा समूह 'बी' मा रहेको छ । यो समूहमा इरानसँगै स्पेन, पोर्चुगल र मोरक्को रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)