कर्णाली प्रदेशमा २८ अर्ब २८ करोड रुपैयाँको बजेट (पूर्ण पाठ)
सुर्खेत: कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि २८ अर्बको बजेट सार्वजनिक भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शुक्रवार प्रदेश संसदमा बजेट प्रस्तुत गरेका हुन् । मन्त्री ज्वालाले २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट संसदमा प्रस्तुत गरे ।
जसअन्तर्गत पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख रहेको छ । यस्तै चालुतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार विनियोजन गरिएको हो । यस्तै प्रदेश सरकारले वित्तिय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरेका आर्थिक मन्त्री ज्वालाले बताए । उनका अनुसार प्रदेश सरकारलाई विषेश अनुदानबाट पाँच अर्ब प्राप्त हुने अनुमान गरिएको छ । त्यसबाट पनि अपुग हुने एक अर्ब आन्तरिक ऋणबाट परिचालन गरिनेछ ।
बजेटमा सडक र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । कर्णाली राजमार्गलाई दुई लेन बनाउने, सुर्खेतदेखि बर्दिया सुरुङमार्ग निर्माण, भेरी करिडोरको स्तरोन्नति, बाँकेको जमुनाहदेखि हुम्लाको हिल्सा जोड्ने प्रधानमन्त्री अन्तर्राष्ट्रिय मार्ग, दैलेखमा पेट्रोलियम उत्खनन् र एयर एम्बुलेन्स संचालन लगायतका लागि २० अर्ब विनियोजन गरिएको छ ।
यस्तै बजेटमार्फत वीरेन्द्रनगर–गोठिकाँडा केवलकार, भेरी र कर्णालीमा जलमार्गको सम्भाव्यता अध्ययन, पर्यटन पूर्वाधार निर्माण र यूवा लक्षित कार्यक्रमका लागि पनि रकम विनियोजन गरिएको छ ।
रारा–लुम्बिनी लोकमार्ग निर्माण, अन्तरप्रदेशीय सडक संजाल निर्माण र आगामी आर्थिक वर्षभित्र ६ हजार यूवालाई सीप सिकाएर रोजगार बनाउने उल्लेख छ । सुर्खेतमा प्रदेश स्तरीय खेलकुद रंगशाला र हिमाली जिल्लामा मैदान निर्माणका लागि १५ करोड र साटाखानीमा विषेश आर्थिक क्षेत्र स्थापनाका लागि २२ करोड विनियोजन गरिएको छ ।
बजेटको पूर्ण पाठ