प्रदेश २ को बजेट टेबुल भएन : विपक्षीले विरोध गरेपछि बैठक एक घण्टा स्थगित
जनकपुर : प्रदेश २ को बजेट प्रस्तुत भएपछि विपक्षी सांसदले प्रदेशसभा बैठकमा अवरोध गरेका छन्।
विपक्षी सांसादले अवरोध गरेपछि प्रदेश २ को बजेट टेबुल हुन सकेन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदले बजेट मन्त्रीमुखी भएको भन्दै बैठक अवरुद्ध गरेका हुन्।
बजेट प्रस्तुत भइसकेपछिको प्रदेशसभा बैठकमा विपक्षी सांसदले अवरोध गरेका हुन्। सांसद शत्रुधन महतोले बजेट मन्त्रीमुखी भएको भन्दै विरोध जनाए लगत्तै अन्य सांसद उठेर अवरोध गरेका थिए।
विपक्षी सांसदले बैठकमा अवरोध गरेपछि सभामुख सरोज यादवले एक घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्।