रसिया विश्वकपको दोस्रो खेलमा इजिप्टमाथि उरुग्वेको जित
![रसिया विश्वकपको दोस्रो खेलमा इजिप्टमाथि उरुग्वेको जित](https://annapurnapost.prixacdn.net/media/albums/suarez_20180615135511_3B4pVhQhPg.jpg)
एजेन्सी : रसिया विश्वकपको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ । प्रतियोगिताको दोस्रो र शुक्रबारको पहिलो खेलमा इजिप्टमाथि उरुग्वेले १–० को जित दर्ता गरेको हो।
उरुग्वेका लागि खेलको अन्तिम समय ८९ औँ मिनेटमा जोसे गिमिनेजले गोल गरेका हुन् । यसअघिका केही उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसकेपनि जोसेले गोल गर्दै उरुग्वेलाई विजयी बनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)