उरुग्वेसँग इजिप्ट पराजित हुँदा बेन्चमै निराश बनेका सलाह
![उरुग्वेसँग इजिप्ट पराजित हुँदा बेन्चमै निराश बनेका सलाह](https://annapurnapost.prixacdn.net/media/albums/mohamed_salah_20180615151213_78s2o5c4cd.jpg)
मस्को : रसिया विश्वकपको दोस्रो खेलमा उरुग्वे विजयी भएको छ । प्रतियोगिताको दोस्रो र शुक्रबारको पहिलो खेलमा इजिप्टमाथि उरुग्वेले १–० को जित निकालेको हो ।
उरुग्वेका लागि खेलको अन्तिम समय ९० औँ मिनेटमा जोसे मारिया जिमिनेजले हेडमार्फत् गोल गरे । यसअघिका केही उत्कृष्ट प्रहार गोलमा परिणत हुन नसकेपनि जोसेले गोल गर्दै उरुग्वेलाई विजयी बनाएका हुन् ।
अन्तिम मिनेटमा उरुग्वेले कठिन जित दर्ता गर्दा इजिप्टका स्टार स्ट्राइकर मोहमद सलाह भने बेन्चमै चिन्तित भएका थिए । उरुग्वेका लागि लुइस स्वारेजले राम्रा अवसर गुमाए पनि अन्तिम समयमा जोसेले गोल गरेका हुन् । उरुग्वेका एडिन्सन काभानीको प्रहारलाई इजिप्टका गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
रुस विश्वकपको दोस्रो खेलमा उरुग्वेले खाता खोलेको हो । बिहीबारको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरबलाई ५–० ले पराजित गरेको थियो । समूह एको रुसले तीन अंकसहित शीर्ष स्थानमा छ । आजको जितसँगै उरुग्वे दोस्रो स्थानमा छ । अहिले रुस विश्वकपको तेस्रो र शुक्रबारको दोस्रो खेल अन्तर्गत मोरोक्को र इरानको खेल सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)