एसियाबाट इरानको विजयी सुरुवात, मोरक्को एक शून्यले पराजित

एसियाबाट इरानको विजयी सुरुवात, मोरक्को एक शून्यले पराजित

काठमाडौँः इरानले रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा मोरक्ककोले आत्मघाती गोल गरेपछि इरानले विजयी सुरुवात गरेको हो । 

इरानको महत्वपूर्ण जितमा मोरक्कोका अजिज बोउहाद्दोजुले खेलको अतिरिक्त समयको पाँचौ मिनेटमा हेडमार्फत् बचाउका लागि बाहिर फाल्न खोजेको बलले जाली चुमेको थियो । 

खेलको सुरुदेखि नै दुवै टिमले आक्रमणका प्रयास गरे पनि पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन । दोस्रो हाफमा पनि मोरक्कोले इरानमाथि दबाब दिएको थियो । 

६३ प्रतिशत बल पोजिसन रहेको मोरक्कले केही राम्रा अवसर गुमायो भने इरानले पनि काउन्टर एट्याकमा गोलका गतिला अवसर खेर फालेको थियो । तर, इरानले खेलको ९५ औँ मिनेटमा मोरक्को डी एरियाबाट केही पर कर्णर साइडबाट उत्कृष्ट फ्री किकको अवसर पाएको थियो । 

कसले कस्तो खेले ?

टिम गोल प्रयास पासिङ एक्यूरेसी पास कति दौडिए कर्नर   बल पोजिसन
मोरक्को १२   ८४ प्रतिशत ४१४ ९५ किमि ५   ६४ प्रतिशत
इरान   ६५ प्रतिशत १९७ ९३ किमि ३६ प्रतिशत

इरानले प्रहार गरेको फ्री किक बल पोस्टको दिशामा सोझिएपछि मोरक्कोका अजिजले बचाउको प्रयास गरेका थिए । तर बचाउका लागि कर्णरको दिशातर्फ फालेको बल सीधै जाली चुम्न पुगेपछि इरानले सन् १९९८ पछि विश्वकपमा पहिलो जित निकाल्यो । 

सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको यो खेलमा मोरक्कोका अयुब अल काभी आठौँ मिनेटमा गर्न चुके । उनको बायाँ खुट्टोले हानेको सट गोलपोस्टमा पुगेन । त्यसपछि म्याच रेफ्री सकिर कुनैतले इरानका कप्तान मसुज सोजोईलाई १० औँ मिनेटमा पहेलो कार्ड देखाए । 

३३ औँ मिनेटमा इरानका खेलाडीलाई फल गरेपछि मोरक्कोका करिम अल अहमदीलाई पनि पहेँलो कार्ड देखाइयो । ४२ औँ मिनेटमा ईरानका इब्राहिमीको पासमा स्ट्राइकर सरदार बललाई लिएर गोलपोस्टसम्म पुगे तर मोरक्कोका गोल किपरले उनको कोशिशलाई विफल पारिदिए । 

इरानका जहांबख्सलाई दोस्रो हाफको सुरुवात अर्थात् ४७ ‌औँ मिनेटमा रेफ्रीले पहेँलो कार्डढ देखाए । ६७ ‌औँ मिनेटमा इरानले कप्तान मसूद सोजाईको स्थानमा मेहदी तरेमीलाई मैदानमा बोलायो । ९२ औँ मिनेटमा इरानका करिमलाई पनि पहेँलो कार्ड देखाइयो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.