विश्वकपमा भिड्नु अघि रामोसले भने: रोनाल्डोको फर्म बिग्रिएको राम्रो
मस्को: फिफा विश्वकप फुटबलमा अहिले केहीबेरमा स्पेन र पोर्चुगलबीच भिडन्त हुँदैछ । तर फुटबल फ्यानहरु एक अर्को भिडन्तको प्रतिक्षामा छन् ।
फुटबल विश्वमा सबैभन्दा महंगा दुई सुपर स्टार आमने-सामने हुँदैछन् । उनीहरु हुन् सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डो। खास कुरा के भने यी दुवैजना आफ्नो आफ्नो टिमका कप्तान हुन् । दुवैजना रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्छन् । रामोस स्पेनका र रोनाल्डो पोर्चुगलका कप्तान हुन्।
रामोसले के भने ?
खेल सुरु हुनुअघि एक अन्तर्वार्ताका क्रममा रामोसले खास कुरा गरेका छन् । रामोसले भने, 'जब हामी दुवै रियलका लागि खेल्छौँ त्यो बेला म जहिले पनि रोनाल्डो शानदार फर्ममा देखिएको हेर्न चहान्छु । तर विश्वकपमा हामीविरुद्ध जब भिडन्त हुन्छ तब म रोनाल्डो 'आउट अफ फर्म' मा भएको चहान्छु । आखिर हामीलाई जित चाहिएको छ।'
विश्वकपमा दोस्रो भिडन्त
सनु २०१० को विश्व कपमा स्पेन र पोर्चुगल एक दोस्रोविरुद्ध उत्रिएका थिए । जसमा स्पेन १-० ले विजयी भयो । त्यसपछि आज दुवैबीच दोस्रो भिडन्त हुँदैछ । दुवैबीच ३५ अन्तरराष्ट्रिय भेट भएको छ । स्पेनले ७२ र पोर्चुगलले ४१ गोल गरेका छन् ।
यहाँ छ चासो क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगल पनि यस विश्व कपमा खाली हात जान चाहँदैन। रामोस, रोनाल्डोको क्लब रियल मड्रिडका कप्तान पनि हुन् । उनको कप्तानीमा टिमले हालै च्याम्पियन्स लिगको उपाधि जितेको छ । रोनाल्डोले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गरेका छन् । यस्तोमा दुई कप्तानमा कसले बाजी मार्ला खेल नै कुर्नुपर्छ ।