स्पेनविरुद्ध रोनाल्डोले सुरुमै पेनाल्टीबाट गोल गरे
![स्पेनविरुद्ध रोनाल्डोले सुरुमै पेनाल्टीबाट गोल गरे](https://annapurnapost.prixacdn.net/media/albums/Ronaldo_20180615180645_DvfkhwO91y.jpg)
काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्पेनविरुद्ध सनसनीपूर्ण सुरुवात गरेको छ । खेलको तेस्रो मिनेटमै डी बक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डो आफैँले गोल गरेर स्पेनविरुद्ध सनसनीपूर्ण सुरुवात गरेका हुन् ।
स्पेनिस खेलाडी नाचोले डी बक्सभित्र रोनाल्डोलाई खराब ट्याकल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । डी बक्समा लडाएपछि रोनाल्डोले स्पेनिस किपर डेभिड डेयालाई छक्याउँदै अर्को दिशामा बललाई जाली चुमाए ।
सुरुदेखि नै आत्मविश्वासका साथ स्पेनविरुद्ध उत्रेको पोर्चुगलले सन् २०१० को च्याम्पियन स्पेनविरुद्ध दबाब बढाइरहेको छ । सनु २०१० को विश्व कपमा स्पेन र पोर्चुगल एक दोस्रोविरुद्ध उत्रिएका थिए । जसमा स्पेन १-० ले विजयी भयो । त्यसपछि आज दुवैबीच दोस्रो भिडन्त हुँदैछ । दुवैबीच ३५ अन्तरराष्ट्रिय भेट भएको छ । स्पेनले ७२ र पोर्चुगलले ४१ गोल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)