पोर्चुगलविद्ध डिएगो कोस्टाको गोल, खेल एक एकको बराबरी
![पोर्चुगलविद्ध डिएगो कोस्टाको गोल, खेल एक एकको बराबरी](https://annapurnapost.prixacdn.net/media/albums/Diego_Costa_celebrates_after_scoring_the_equaliser_for_Spain_20180615183429_JCX8MN2M7n.jpg)
काठमाडौँः पोर्चुगलले तेस्रो मिनेटमै गोल गरेपछि दबाबमा परेको स्पेनका लागि डिएगो कोस्टाले गोल गरेका छन् । कोस्टाले काउन्टर एट्याकमा खेलको २४ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका छन् ।
नाचोले डी बक्सभित्र रोनाल्डोलाई खराब ट्याकल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । डी बक्समा लडाएपछि रोनाल्डोले स्पेनिस किपर डेभिड डेयालाई छक्याउँदै अर्को दिशामा बललाई जाली चुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)