रसिया विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक

रसिया विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक

काठमाडौः रसिया विश्वकपमा पोर्च्गलका क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका छन् । खेलको ८७ औँ मिनेटमा पाएको फ्री किकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले यो विश्वकपको पहिलो ह्याट्रिक गरेका हुन् । 

स्पेनको डी बक्स भन्दा केही मिटर बाहिरबाट हानेको फ्री किक बल स्पेनी किपर डेभिड डेयालाई झुक्याउँदै जाली चुम्न पुगेको हो । दोस्रो हाफको ५५ औँ मिनेटमा डिएगो कोस्टाले स्पेनका लागि गोल गरेका थिए । त्यसपछि नाचोले ५८ औँ मिनेटमा गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । 

यसअघि रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउँदै गोल गरेका एि । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत् गोल गरेका रोनाल्डोले खेलको ४४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै पोर्चुगोललाई २–१ को अग्रता दिलाएका थिए । 

रोनाल्डोले डी बक्स नजिकैबाट हानेको शक्तिशाली प्रहार स्पेनका किपर डेभिड डेयाको हातमा लागेर टाङ्गमुनिबाट छिरेर जालीमा पुगेको थियो । 

पोर्चुगलले तेस्रो मिनेटमै गोल गरेपछि दबाबमा परेको स्पेनका लागि डिएगो कोस्टाले गोल गरेका थिए । कोस्टाले काउन्टर एट्याकमा खेलको २४ औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । 

पोर्चुगलले स्पेनविरुद्ध खेलको तेस्रो मिनेटमै रोनाल्डोको पेनाल्टी गोलमा सनसनीपूर्ण अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमै डी बक्स भित्र नाचोले लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डो आफैँले गोल गरेर स्पेनविरुद्ध सनसनीपूर्ण सुरुवात गरेका थिए । 

नाचोले डी बक्सभित्र रोनाल्डोलाई खराब ट्याकल गरेर लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । डी बक्समा लडाएपछि रोनाल्डोले स्पेनिस किपर डेभिड डेयालाई छक्याउँदै अर्को दिशामा बललाई जाली चुमाएका थिए । रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म ८४ अन्तराष्ट्रिय गोल गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.