सिलाइकटाइबाट जीविका
बैतडी : जिल्लाको दुुर्गम सिगास गाउँपालिका–२ गाँजरकी १८ वर्षीया कल्पना नेपाली बिहानदेखि सिलाइकटाइमा व्यस्त हुन्छिन् । सिलाई पेशा सिकेसँगै उनलाई काम भ्याइनभ्याइ छ । ‘मैले बुुवाबाट सिलाइ गर्ने सीप सिकेकी हुुँ । अहिले घरपरिवार चलाउने खर्च म आफैंले जुुटाउने गरेकी छुु’, उनले भनिन् । उनले गाउँका अरुलाई पनि सिलाइकटाइ सिकाउने गरेकी छन् ।
कक्षा ११ मा पढ्दै गरेकी कल्पनाले घरेलुु तथा साना उद्योग विकास समितिमा व्यवसाय समेत दर्ता गरेकी छन् । ‘हामी छोरीहरूलाई पराइ घर जाने भनेर हेप्ने चलन थियो, त्यो चलन अन्त्य गर्न हामी लागिपरेका छौं’ उनले भनिन् । उनको घरपरिवारमा १० जनाभन्दा बढी सदस्य छन् ।
सिगास–२ गाँजरीकै गोविन्दी विक पनि माध्यमिक तहको परीक्षा दिएर सिलाइ सिक्न थालिन् । ‘अध्ययनका साथसाथै आत्मनिर्भर बन्ने सीप पनि सिक्नुुपर्छ’, उनले भनिन्, ‘त्यसैले मैले सिलाइ सिक्न थालेकी छुु, सिकेपछि पसल सञ्चालन गर्ने योजना छ ।’
गाँजरीकै सुुजता विकले पनि सिलाइ सिकेर पसल सञ्चालन गर्ने तर्खर गरेकी छन् । सिलाइ सँगसँगै पढाइ पनि अघि बढाउने उनको योजना छ । ‘छोराले मात्रै कमाउन सक्छ भन्ने संस्कार हामीले तोड्नुु छ’, उनले भनिन् । ‘त्यसैले सिलाइबाट पैसा कमाएर आमाबुुवालाई दिने मेरो धोको छ ।’
जिल्लाको पाटन नगरपालिका–८ की पार्वती बिष्टले खोड्पेमा सिलाइ पसल सञ्चालन गरेको एक वर्षभन्दा बढी भइसक्यो । सिलाइ पसल सञ्चालन गरेर उनले अहिले मासिक २० हजार कमाउँछन् । ‘म किशोरीवृतकी सदस्य पनि हुुँ । सानै उमेरमा विवाह गरेमा महिलालाई धेरै समस्या हुुन्छ भन्ने कुुरा थाहा पाएँ ।
किशोरीहरूले पनि व्यवसायिक पेशाहरु अगाल्न सक्छन् भन्ने कुुरा थाहा पाएर सिलाई पसल सञ्चालन गरेकी हुुँ’, उनले भनिन् । गाउँमा हिजोआज घरबाट पैसा तिरेर भएपनि किशोरीहरुले सिलाई सीप सिकीरहेका सिगास गाउँपालिका २ का जस्बीर बोहराले बताए । उनले छोरी मान्छेहरु पनि आत्मनिर्भरताको बाटो खोज्न थालेको बताए ।
महिला तथा किशोरीमाथि हुुने विभिन्न खालका हिंसा कम पनि उनीहरुलाई सीप सिकाउनुुपर्ने महिला विकास अधिकृत अनिता बुुढाऐरले बताइन् । उनले भनिन्, ‘किशोरीहरुलाई आत्मनिर्भरताको बाटोमा पुुर्याउन सक्यो भने महिलामाथि हुुने हिंसा कम हुुन्छ ।’