इरानमा सार्वजनिक ठाउँमा विश्वकप हेर्न प्रतिबन्ध

इरानमा सार्वजनिक ठाउँमा विश्वकप हेर्न प्रतिबन्ध

तेहरान : इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हुनसक्ने उनीहरूले बताएका छन् । 

मुस्लीम गणतन्त्रको राजधानीका पार्कहरु र रंगशालामा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रमको आयोजना गरिएको थियो । देशभरीका खुल्ला सार्वजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारीको विपक्षमा राज्य उभिएको जनाइएको छ । 

तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए । तर एउटा खेल सम्बन्धी अनलाईन खवर भर्जेसीमा लेखिएअनुसार त्यो योजना अन्तिम समयमा आएर स्थगित भएको छ । कार्यक्रम स्थगित हुँदा कुनै कारण उल्लेख गरिएको छैन । (रासस÷एएफपी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.