विश्वकप फुटबल : फ्रान्स र अष्ट्रेलियाको खेल

विश्वकप फुटबल : फ्रान्स र अष्ट्रेलियाको खेल

मस्को : रुस विश्वकपअन्तर्गत उपाधिको दाबेदार मानिएको फ्रान्स र एसियन टोली अस्ट्रेलियाबीचको खेल सुरु भएको छ। समूह ‘सी’अन्तर्गत काजन एरेनामा नेपाली समयअनुसार ३ः४५ बजे खेल सुरु भएको हो।

बलियो फ्रान्सविरुद्धको यो खेल अस्ट्रेलियाका लागि परीक्षा मानिएको छ। यो खेलले अस्ट्रेलिया प्रतियोगितामा अघि बढ्ने वा समूहगत चरणबाटै घर फर्कने संकेत मिल्नेछ। 

फ्रान्सको यो टोली निकै सशक्त देखिएको छ। रुस विश्वकपमा छनोट भएका टोलीमध्ये बलियो रक्षापंक्ति मानिएको फ्रान्ससँग अग्रपंक्तिमा पनि एन्टोइन ग्रिजम्यान, केलिएन एम्बाप्पेजस्ता प्रतिभाशाली खेलाडी छन्।

फ्रान्स युरोपेली छनोट प्रतियोगिताको समूह ‘ए’को विजेता बन्दै रुस विश्वकपका लागि छनोट भएको टोली हो। अस्टे«लियाले भने रुस विश्वकपको सहभागिता पक्का गर्न एसियाली र महादेशीय प्ले अफसमेत खेल्न परेको थियो। 

फ्रान्सविरुद्धको अघिल्लो भेटको नतिजाले समेत अस्ट्रेलियालाई मुस्किल देखिएको छ। यी दुई टोलीले आधिकारिक प्रतियोगितामा भने एकपटक मात्रै प्रतिस्पर्धा गरेका छन्। सन् २००१ को कन्फिडेरेसन कपअन्तर्गत भएको खेलमा अस्ट्रेलिया फ्रान्ससँग १-० ले पराजित भएको थियो।

सबै खाले प्रतियोगितामा गरी हालसम्म चारपटक प्रतिस्पर्धा गर्दा फ्रान्सले दुई तथा अस्ट्रेलियाले एकपटक जित हात पारेका छन्। एक खेल बराबरीमा रोकिएको छ।

त्यसयता रुस विश्वकपको तयारीस्वरूप खेलिएको खेलमा भने दुवै टोलीको प्रदर्शन लगभग उस्तै छ। फ्रान्सले रुस विश्वकप छनोट पक्का गरेपछि खेलेका सातमध्ये मात्र एक खेलमा पराजय बेहोरेको छ।

 चार खेलमा जित हात पार्दा दुई खेलमा बराबरीको नतिजा निकालेको छ। अस्ट्रेलियाले पनि रुस विश्वकप छनोटपछि खेलेका चारमध्ये मात्र एक खेलमा पराजय बेहोरेको छ। दुई खेलमा जित हात पार्दा एक खेलमा बराबरी खेलेको छ।  

हेड टु हेड

कुल खेल : ४

फ्रान्स विजयी : २

अस्ट्रेलिया विजयी : १

बराबरी : १

फ्रान्स

विश्वकप सहभागिता : १५औं पटक

उपलब्धि : उपाधि (१९९८)

फिफा वरीयता : ७

अस्ट्रेलिया

विश्वकप सहभागिता : पाचौंपटक

उपलब्धि : प्रिक्वार्टरफाइनल (२००६)

फिफा वरीयता : ३६


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.