दोस्रो हाफमा फ्रान्स र अस्ट्रेलियाको रोचक खेल : पेनाल्टीबाट १-१ गोल
![दोस्रो हाफमा फ्रान्स र अस्ट्रेलियाको रोचक खेल : पेनाल्टीबाट १-१ गोल](https://annapurnapost.prixacdn.net/media/albums/football_20180616112701_Vm9w7xfbsB.jpg)
मस्को : पहिलो हाफ गोलरहित बराबरीमा सकिएको फ्रान्स र अस्ट्रेलियाको खेल दोस्रो हाफमा रोचक बनेको छ। रुस विश्वकपअन्तर्गत उपाधिको दाबेदार मानिएको फ्रान्सले अस्ट्रेलियामाथि पेनाल्टी प्रहार गर्दै पहिलो गोल गरेको हो। खेलको ५८ मिनेटमा भिडियो असिस्टेन रेफ्रीले पेनाल्टी दिएपछि फ्रान्सले १–० ले अग्रता लिएको थियो।
यद्यपी दुई मिनेट बित्न नपाउँदै अष्ट्रेलियाले पेनाल्टी पाएपछि खेल बराबरी भएको छ। फ्रान्सले पाएको पेनाल्टीलाई ग्रिजम्यानले जाली चुमाएका थिए। बलियो फ्रान्सविरुद्धको यो खेल अस्ट्रेलियाका लागि परीक्षा मानिएको छ।
फ्रान्सले पेनाल्टी पाएको दुई मिनेटपछि खेलको ६१ मिनेटमा अस्ट्रेलियाले पाएको पेनाल्टीलाई कप्तान जेडिनाकले जाली चुमाए। खेल निक्कै प्रतिस्पर्धात्मक छ
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)