अस्ट्रेलिया दबाबमा फ्रान्सले गर्यो दोस्रो गोल
मस्को : पहिलो हाफ गोलरहित बराबरीमा सकिएको फ्रान्स र अस्टे«लियाको खेल दोस्रो हाफमा रोचक बनेको छ। रुस विश्वकपअन्तर्गत उपाधिको दाबेदार मानिएको फ्रान्सले अस्टे«लियमाथि दुई गोल प्रहार गरेको छ।
पेनाल्टी प्रहार गर्दै पहिलो गोल गरेको फ्रान्सले ८१ औँ मिनेटमा दोस्रो गोल गरेको छ। दोस्रो गोल फ्रान्सका लागि पल पोग्बाले गरे। खेलको ५८ मिनेटमा भिडियो असिस्टेन रेफ्रीले पेनाल्टी दिएपछि फ्रान्सले १–० ले अग्रता लिएको थियो।
यद्यपी दुई मिनेट बित्न नपाउँदै अष्ट्रेलियाले पेनाल्टी पाएपछि खेल बराबरीमा भएको थियो। फ्रान्सले पाएको पेनाल्टीलाई ग्रिजम्यानले जाली चुमाएका थिए। बलियो फ्रान्सविरुद्धको यो खेल अस्ट्रेलियाका लागि परीक्षा मानिएको छ।
फ्रान्सले पेनाल्टी पाएको दुई मिनेटपछि खेलको ६१ मिनेटमा अस्ट्रेलियाले पाएको पेनाल्टीलाई कप्तान जेडिनाकले जाली चुमाएका थिए। यद्यपी पोग्बाको गोलसँगै फ्रान्स २–१ ले अगाडि छ। खेल प्रतिस्पर्धात्मक छ।
- विश्वकप : केही बेरमै शनिबारको पहिलो खेलमा फ्रान्स र अस्ट्रेलियाको भिडन्त
- विश्वकप ज्वरो, ‘उपाधिको दाबेदार टोली पहिलो चरणबाटै बाहिरिन सक्छन् !
- विश्वकप फुटबल : फ्रान्स र अष्ट्रेलियाको खेल
-
फ्रान्स र अस्ट्रेलियाको रोचक खेल : पेनाल्टीबाट १-१ गोल