उपाधि रक्षा गर्ने अभियानमा जर्मनी

उपाधि रक्षा गर्ने अभियानमा जर्मनी

मस्को : सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीको राष्ट्रिय टोलीमा धेरै परिवर्तन भएको छ । सिनियर प्राय: खेलाडीले सन्न्यास लिएका छन् । फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने खेलाडी मारियो गोन्चे यसपटक टोलीमा परेनन्।

जर्मन टोलीमा पछिल्लो चार वर्षको अवधिमा परिवर्तन नभएको प्रशिक्षक जोएचिम लोय र सफलता मात्रै हुन् । जर्मनीलाई विश्वकप उपाधि दिलाएपछि प्रशिक्षक लोयले गत वर्ष युवा खेलाडीको साथमा कन्फिडेरेसन कपको उपाधि पनि जिते । प्रतिभाशाली खेलाडी लिएर आएको जर्मनीले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाएको छ । जर्मनीले त्यसको सुरुआत आइतबार राति समूहगत चरणको आफ्नो पहिलो खेलमा क्रोएसियाविरुद्ध खेल्नेछ ।

प्रतियोगिता सुरु हुनुपूर्व जर्मनी निकै बलियो देखिएको छ । जर्मनीले रुस विश्वकप यात्रा तय गर्न युरोपेली छनोट प्रतियोगितामा खेलेको १० मध्ये सबै खेलमा जित हात पारेको छ । त्यस क्रममा ४३ गोल गर्दा मात्रै चार गोल बेहोरेको छ । आफ्नो क्षमताअनुसारको प्रदर्शन गरेको अवस्थामा जर्मनी उपाधि रक्षा गर्न सक्षम हुनेछ । त्यसअघि जर्मनीलाई पहिलो खेलमै मेक्सिकोको बलियो चुनौतीको सामना भने गर्नुपर्नेछ ।

मेक्सिकोले उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै रुस विश्वकपको यात्रा पक्का गरेको टोली हो । मेक्सिकोले रुस विश्वकपको तयारीस्वरूप खेलेको पछिल्ला खेलमा पनि सशक्त प्रदर्शन गरेको छ । रुस विश्वकपको तयारीस्वरूप खेलिएका आठमध्ये चार खेलमा जित हात पारेको छ । दुई खेलमा बराबरी खेल्दा दुई खेल भने गुमाएको छ ।

यी दुई टोलीबीच यसअघि भएका प्रतिस्पर्धामा भने जर्मनी निकै बलियो देखिएको छ । विश्वकप फुटबलमा मेक्सिकोविरुद्ध तीनपटक प्रतिस्पर्धा गर्दा जर्मनी अपराजित छ । दुईमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको छ । यस्तै महादेशीय प्रतियोगिता कन्फिडेरेसन कपमा भएको दुई भेटमा पनि जर्मनी विजयी बनेको छ । मैत्रीपूर्ण खेलसमेत जोड्दा जर्मनी समग्रमा ६ खेलमा विजयी छ ।

प्रतियोगिताअन्तर्गत आइतबार नै कोस्टारिका र सर्भियाले पनि प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ई’अन्तर्गत सामरा एरेनामा नेपाली समयअनुसार ५:४५ बजे खेल सुरु हुनेछ । समूह ‘ई’मा ब्राजिल र स्विट्जरल्यान्ड बलिया टोली रहेकाले प्रतियोगिताको अन्तिम १६ मा पुग्न सर्भिया र कोस्टारिका दुवैलाई आफ्नो पहिलो खेल जित्नुपर्ने दबाब छ । रुस विश्वकपको भेट यी दुई टोलीबीच कुनै पनि प्रतियोगितामा पहिलो हुनेछ । यसअघि सर्भिया र कोस्टारिकाले कुनै पनि प्रतियोगितामा एकअर्काविरुद्ध खेलेका छैनन् ।

विगतमा दुर्इ टोली

कुल खेल : ११

जर्मनी विजयी : ६

मेक्सिको विजयी : १

बराबरी : ४

मार्काे रेयस, जर्मनी

जर्मन फुटबलमा देखिएका उत्कृष्ट प्रतिभामध्येका हुन्, स्ट्राइकर मार्काे रेयस । तर, त्योभन्दा बढी उनी अभागी खेलाडी पनि हुन् । बोरुसिया डोर्टमुन्डबाट घरेलु फुटबलमा धेरै अघिबाट सशक्त प्रदर्शन गर्दै आइरहेका रेयसले राष्ट्रिय टोलीमा पनि धेरै अघिबाट आफ्नो स्थान सुरक्षित गरेका थिए ।

दुर्भाग्य कस्तो भइदियो भने रेयस नियमित रूपमा चोटग्रस्त बनिरहे । चोटका कारण छनोट भएर पनि उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाए । त्यसमध्ये महŒवपूर्ण प्रतियोगिता थियो— सन् २०१४ को विश्वकप फुटबल र सन् २०१६ को युरोकप फुटबल । यी दुवै प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा छनोट भएर पनि रेयस सहभागी हुन पाएनन् । तर, जर्मन टोलीले उनको क्षमता र मेहनत बुझेको थियो । त्यही भएर ब्राजिल विश्वकपमा टोलीले उपाधि जित्दा ट्रफी ग्रहण गर्ने समयमा टोलीलाई उपाधि दिलाउन निर्णायक गोल गरेका मारियो गोच्चेले रेयस लेखेको जर्सी लगाएका थिए ।

चोटकै कारण सन् २०११ को अक्टोबरमा जर्मन राष्ट्रिय टोलीबाट डेब्यु गरेका रेयसले अहिलेसम्म मात्रै ३१ खेल खेलेका छन् । त्यसमा नौ गोल पनि गरेका छन् । व्यक्तिगत रूपमा धेरै अवसर र राष्ट्रिय टोलीबाट दुई ठूला प्रतियोगिता गुमाएपछि रेयस यसपटक भने रुस विश्वकपका लागि आइपुगेका छन् । उनी देशका लागि धेरैभन्दा धेरै योगदान पु¥याउँदै यो अवसरको सदुपयोग गर्न चाहन्छन् । त्यसैले जर्मनीले यसपटक चार वर्षअघि जितेको उपाधि रक्षा गर्ने योजना बनाउँदा टोलीलाई सो योजनामा सफल बनाउन रेयसको भूमिका महŒवपूर्ण हुने पक्का छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.