हेटौंडामा साझा बस

हेटौंडामा साझा बस

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको पहलमा शनिबारदेखि हेटौंडामा साझा बस सञ्चालनमा आाएको छ। हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा मकवानपुर साझा यातायात प्रालिले एउटै रंगका ११ वटा बस सञ्चालनमा ल्याएको हो।

साझा यातायातको एक कार्यक्रमबीच उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले तीनपांग्रे अटो, मयुरीमा असुरक्षित यात्रा गरिरहेका यात्रुलाई आरामदायी र सुरक्षित यात्राका लागि बस सञ्चालनमा ल्याइएको बताए। ‘हेटौंडा बजार क्षेत्र र वरपर क्षेत्रमा सञ्चालनमा रहेका अटो, मयुरीले अब मनपरी भाडा लिएर आत्रुलाई दुःख दिन पाउने छैन’, उनले भने, ‘हेटौंडाका १९ वटै वडाका जनताले यसबाट सेवा लिने मलाई विश्वास छ।’

शनिबार बिहान हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रमलगत्तै साझा बस चढेर मेयर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लाकेन्द्र श्रेष्ठ, हेटौंडाका विभिन्न वडाका अध्यक्षलगायतलाई बसमा यात्रा गराएर बसको उद्घाटन गरिएको हो।

मकवानपुरका यात्रुको मागलाई ध्यानमा राखेर उपमहानगरपालिकाको नियन्त्रणमा भाडा दर कायम रहनेगरी साझा यातायात सञ्चालनमा ल्याइएको साझा यातायात प्रालिका अध्यक्ष भेष खड्गीले बताए। ‘फाइदाभन्दा पनि सेवाभावले बस सञ्चालनमा ल्याइएको हो, केही समयभित्रै बसको संख्या २० वटा पु¥याउने हाम्रो लक्ष्य छ’, उनले भने। छाटो रुटको यात्राका लागि हेटौंडा उपमहानगरपालिकामा एक हजार बढी अटो र मयुरी सञ्चालनमा छन्। तीमध्ये दुई सय ५० वटालाई मात्र उपमहागरपालिकाले सञ्चालन अनुमति दिएको छ।

बसमा महिला कन्डक्टर

साझा बसमा महिला कन्डक्टर राखिएको छ। बिहान ५ देखि दिउँसो १२ बजेसम्म बसमा महिला कन्डक्टर खटिने साझा यातायातका अध्यक्ष खड्कीले बताए। ‘हामीसँग १६ जना महिला कन्डक्टर छन्’, उनले भने, ‘महिला पनि सबै काम गर्न सक्षम छ भन्ने सन्देश दिन पनि महिला कन्डक्टर राखिएको हो।’ साझा यातायातले आफ्ना सबै रुट र यात्रुका लागि तोकिएको भाडादर पत्रपत्रिकामार्फत सार्वजनिक गरेको थियो।

हरेक बसमा भाडादरको स्टिकर टाँस गरेर त्यसअनुसार महिला कन्डक्टरले भाडा संकलन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष खड्कीले जानकारी दिए। हेटौंडाका १० जना व्यवसायीको तीन करोड ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको बसबाट ५० जानले प्रत्यक्ष रोजगारी पाएको उनले बताए। साझा बस हेटौंडा बजार क्षेत्र, भित्री सडक, हटिया, हर्नामाडी, बसामाडी, मनहरीलगायत क्षेत्रमा सञ्चालन गरिने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.