सहकारीकाे चार कराेड अपचलन : दुई सञ्चालक पक्राउ

सहकारीकाे चार कराेड अपचलन : दुई सञ्चालक पक्राउ

बर्दिबास : बचतकर्ताबाट संकलन गरिएको ४ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारी संस्थाका दुई सञ्चालक पक्राउ परेका छन्।

प्रहरीले महोत्तरीको जलेश्वरस्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सञ्चालक समिति अध्यक्ष साबिक गोनरपुरा गाविस–७ तथा हाल जलेश्वर–२ का रवीन्द्रनाथ मल्लिक र सदस्य जलेश्वर–११ का राधवेन्द्र पाण्डे छन्। बचतकर्ताबाट दैनिक रकम संकलन गर्ने २३ जनाका नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

उनीहरूविरुद्ध ठगी आरोपमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ‘फरार भएकाहरूको खोजी भइरहेको छ’, महोत्तरीका एसपी कुवेर कडायतले भने । फरार हुनेमा बचतकर्ताबाट पैसा संकलन गर्ने एजेन्ट, सञ्चालक समितिका अरू पदाधिकारी, तीन प्रबन्धक र क्यासियरलगायत छन् ।

०७१ माघ १० गतेपछि साधारणसभासमेत नगरेपछि यो सहकारी शंकाको घेरामा परेको थियो । बचत रकम फिर्ता माग्न जाँदा टार्दै गएको उजुरी पीडितले प्रहरीमा दिएका छन्। सहकारीको कार्यालय नै बन्द गरेर सञ्चालक फरार भएपछि १ हजार ५ सय बचतकर्ताको ४ करोड ८३ लाखभन्दा बढी निक्षेप जोखिममा परेको छ ।

बहुविवाह गर्दा प्रहरीको फन्दामा

पत्नी हुँदा–हुँदै अर्की बिहे गर्ने महोत्तरीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सोनमा गाउँपालिका वडा नम्बर–१ का छोटेलाल साह र भंगहा नगरपालिका—७ गोरहन्नाका रविकान्त सिंह र उनकी कान्छी पत्नी सागरकुमारी दनवार थारूलाई पक्राउ गरिएको एसपी कडायतले बताए। उनका अनुसार रेखादेवी सुडिनका पति छोटेलालले जेठ २ गते रेखादेवी साहलाई अर्की पत्नी बनाएर भिœयाएका थिए। रेखादेवीले बहुविवाहको उजुरी दिएपछि छोटेलाल प्रहरीको फन्दामा परेका हुन्, कान्छी पत्नी रेखादेवी फरार छन्। त्यस्तै, अनिता चौधरीले पति रविकान्तविरुद्ध प्रहरीमा बहुविवाह गरेको उजुरी हालेकी थिइन्। पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयले बहुविवाह मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।

यसैबीच बाल यौन दुराचार आरोपमा प्रहरीले लोहारपट्टी नगरपालिका वडा नम्बर ७ का १८ वर्षीय जमसेद राइनलाई प्रहरीले पक्राउ गरेको छ। उनले स्थानीय एक ९ वर्षीय बालकलाई गुुद्दद्वारमा बलात्कार गरेको आरोप पीडितले लगाएका छन्। अभियुक्तमाथि अप्राकृतिक मैथुुन तथा बाल यौन दुराचार शीर्षकमा मुुद्दा दर्ता गरी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ।

टोल–टोलमा प्रहरी

अपराध न्यूनीकरणका लागि भन्दै महोत्तरी प्रहरीले टोल–टोलमा प्रहरी अभियान थालेको छ। महोत्तरी सदरमुकाम जलेश्वरमा टोल–टोलमा प्रहरी अभियान सुरु भएको छ। जलेश्वरका १२ वटै वडामा प्रहरी अभियान सञ्चालनमा ल्याइएको हो। एउटा वडामा तीन जना प्रहरीलाई जिम्मेवारी दिई अभियान सुरु गरिएको एसपी कडायतले बताए।

‘एक वडालाई तीन भागमा विभाजन गरी तीन जना प्रहरीलाई ती वडाको जिम्मेवारी दिई नागरिकसँग नजिकको सम्बन्ध बनाएर सूचना आदानप्रदान गरिनेछ’, उनले भने, ‘जिम्मेवारी पाएको क्षेत्रमा प्रहरीले फोन नम्बर लिने–दिने र ती ठाउँमा हुने गरेका क्रियाकलापबारे जानकारी लिने कार्य गर्नेछ।’

यो अभियान जिल्लाभरि नै पु¥याइने भए पनि सुरुमा जलेश्वर नगरपालिकामा प्रयोगका रूपमा सञ्चालनमा ल्याइएको जनाइएको छ। अभियानकै क्रममा बढी जनघनत्व भएका ठाउँमा सीसीटीभी क्यामेरा र आगलागी नियन्त्रणका लागि साइरन जडानसमेत गरिने प्रहरीले जनाएको छ। विकास निर्माणको काममा पनि प्रहरीले सहयोग गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.