जर्मनी र मेक्सिकोको खेल : कसको प्रदर्शन कस्तो ?

जर्मनी र मेक्सिकोको खेल : कसको प्रदर्शन कस्तो ?

मस्को : सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीले रुस विश्वकपका लागि राष्ट्रिय टोलीमा धेरै परिवर्तन गरेको छ । सिनियर प्रायः खेलाडीले सन्न्यास लिएका छन् । फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने खेलाडी मारियो गोन्चे यसपटक टोलीमा छैनन् । 

जर्मन टोलीमा पछिल्लो चार वर्षको अवधिमा परिवर्तन नभएको प्रशिक्षक जोएचिम लोय र सफलता मात्रै हुन् । जर्मनीलाई विश्वकप उपाधि दिलाएपछि प्रशिक्षक लोयले गत वर्ष युवा खेलाडीको साथमा कन्फिडेरेसन कपको उपाधि पनि जिते । प्रतिभाशाली खेलाडी लिएर आएको जर्मनीले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाएको छ । अहिले केही बेरमा जर्मनीले रुस विश्वकपको पहिलो खेलमा मेक्सिकोको सामना गर्दै छ । 

प्रतियोगिता सुरु हुनुपूर्व जर्मनी निकै बलियो देखिएको छ । जर्मनीले रुस विश्वकप यात्रा तय गर्न युरोपेली छनोट प्रतियोगितामा खेलेको १० मध्ये सबै खेलमा जित हात पारेको छ । त्यस क्रममा ४३ गोल गर्दा मात्रै चार गोल बेहोरेको छ । आफ्नो क्षमताअनुसारको प्रदर्शन गरेको अवस्थामा जर्मनी उपाधि रक्षा गर्न सक्षम हुनेछ । त्यसअघि जर्मनीलाई पहिलो खेलमै मेक्सिकोको बलियो चुनौतीको सामना भने गर्नुपर्नेछ ।

मेक्सिकोले उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै रुस विश्वकपको यात्रा पक्का गरेको टोली हो । मेक्सिकोले रुस विश्वकपको तयारीस्वरूप खेलेको पछिल्ला खेलमा पनि सशक्त प्रदर्शन गरेको छ । रुस विश्वकपको तयारीस्वरूप खेलिएका आठमध्ये चार खेलमा जित हात पारेको छ । दुई खेलमा बराबरी खेल्दा दुई खेल भने गुमाएको छ ।

यी दुई टोलीबीच यसअघि भएका प्रतिस्पर्धामा भने जर्मनी निकै बलियो देखिएको छ । विश्वकप फुटबलमा मेक्सिकोविरुद्ध तीनपटक प्रतिस्पर्धा गर्दा जर्मनी अपराजित छ । दुईमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको छ । यस्तै महादेशीय प्रतियोगिता कन्फिडेरेसन कपमा भएको दुई भेटमा पनि जर्मनी विजयी बनेको छ । मैत्रीपूर्ण खेलसमेत जोड्दा जर्मनी समग्रमा ६ खेलमा विजयी छ ।

प्रतियोगिताअन्तर्गत आइतबार नै कोस्टारिका र सर्भियाले पनि प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ई’अन्तर्गत सामरा एरेनामा नेपाली समयअनुसार ५ ः ४५ बजे खेल सुरु हुनेछ । समूह ‘ई’मा ब्राजिल र स्विट्जरल्यान्ड बलिया टोली रहेकाले प्रतियोगिताको अन्तिम १६ मा पुग्न सर्भिया र कोस्टारिका दुवैलाई आफ्नो पहिलो खेल जित्नुपर्ने दबाब छ । रुस विश्वकपको भेट यी दुई टोलीबीच कुनै पनि प्रतियोगितामा पहिलो हुनेछ । यसअघि सर्भिया र कोस्टारिकाले कुनै पनि प्रतियोगितामा एकअर्काविरुद्ध खेलेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.