सर्बियाको कठिन जित : कोलारोभले गरे फ्रिकिकमा सुन्दर गोल

सर्बियाको कठिन जित : कोलारोभले गरे फ्रिकिकमा सुन्दर गोल

मस्को : सर्बियाले जारी विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा प्रतिस्पर्धात्मक जित हासिल गरेको छ। समूह ‘ई’ अन्तर्गत आइतबार खेलिएको आफ्नो पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा कोस्टा रिकाले केही राम्रा अवसर गुमाएको थियो।

दोस्रो हाफमा केही लयमा देखिएको सर्बियाले ५६औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेको थियो। खेलका क्रममा कोस्टा रिकाका डेभिड गेजम्यानले सर्बियाका एलेक्जेन्डर मित्रोभिचलाई फल खेलेपछि सर्बियाले फ्रिकिकको मौका पाएको थियो। सर्बियाका एलेक्जेन्डर कोलारोभको करिव २५ यार्ड लामो फ्रिकिक प्रहारले सोझै जाली चुमेको थियो। उक्त प्रहारलाई कोस्टा रिकाका गोलरक्षकले नियाल्न समेत भ्याएनन्।

१–० गोलको अग्रतापछि सर्बियाले रक्षात्मक खेल खेलेको थियो। मध्यभागमा ५३ प्रतिशत बल नियन्त्रणमा लिएको कोस्टा रिकाले गोल गर्ने अवसर पनि राम्रो बनाएको थियो। तर, कोस्टा रिकाको प्रयासले सफलता भने पाउन सकेन। दोस्रो हाफको इन्जुरी समयमा सर्बियाका प्रशिक्षकले मैदान बाहिर गएको बल समाउँदै कोस्टा रिकाका खेलाडीलाई बल दिन ढिलोे गरेपछि केहीबेर तनाव उत्पन्न भएको थियो।

प्रशिक्षक माल्डेन कास्टाजिक बल लिएर समय बिताउन चाहन्थे। त्यसपछि रेफ्रीले फेरि दुई मिनेट समय थपेका थिए। कोस्टा रिकाले खेलको अन्तिम मिनेटसम्म गोल फर्काउने प्रयास गरेको गियो। तर, कोस्टा रिकाको प्रयासमा सर्बिया बाधक बन्यो। जितसँगै सर्वियाले तीन अंक बटुल्दै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। ब्राजिल र स्विट्जरल्यान्डको समूहमा रहेको सर्वियाले अर्को खेल आगामी शुक्रबार स्विट्जरल्यान्डसँग खेल्नेछ।

विश्वकप फुटबलको आइतबार भएको खेलमा आफ्नो टोलीले कोस्टा रिकालाई हराएपछि दर्शकलाई अभिवादन गर्दै सर्बियाका गोलकर्ता एलेक्जेन्डर कोलारोभ। तस्बिर : एपी/रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.