पहिलो हाफ मेक्सिको १ जर्मनी शून्य
![पहिलो हाफ मेक्सिको १ जर्मनी शून्य](https://annapurnapost.prixacdn.net/media/albums/Germany_0-1_Mexico_-_Lozano_shocks_holders_20180617155526_lNsqPPbY85.jpg)
मस्को : रुस विश्वकपमा साविक विश्वकप विजेता जर्मनीविरुद्ध मेक्सिकोले पहिलो गोल गरेको छ। निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो गोल जर्मनविरुद्ध मेक्सिकोले गरेको हो। विश्व विजेता जर्मनीविरुद्ध खेलको ३५ औं मिनेटमा मेक्सिकोका हिर्भिङ लुजानोले उत्कृष्ट गोल गरेका हुन्।
जर्मनीविरुद्ध लगातार काउन्टर एट्याक गरेको मेक्सिकोले मैदानमा आफ्नो प्रभाव निरन्तर बढाउँदै गोल गरेको हो। जेभियर हर्नान्डेजले दिएको पासलाई लुजानोले उत्कृष्ट गोलमा परिणत गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)