विश्वकप फुटबल: विश्वबिजेता जर्मनी मेक्सिकोसँग पराजित

विश्वकप फुटबल: विश्वबिजेता जर्मनी मेक्सिकोसँग पराजित

काठमाडौँः अघिल्लो संस्करणको विश्वबिजेता जर्मनी मेक्सिकोसँग पराजित भएको छ । रसियाको मस्कोस्थित लुझ्न्की स्टेडियममा आइतबार राति भएको समूह एफ को खेलमा जर्मनीलाई मेक्सिकोले १–० गोल अन्तरले पराजित गरेको हो । 

'विश्वविजेतलाई पहिलो खेलमै हारको स्वाद चखाउने क्रममा खेलको ३५ औँ मिनेटमा जाभियर हर्नान्डेजको पासमा हिरभिङ लोजानोले निर्णायक गोल गरे । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि जितेको जर्मनी यो विश्वकपको पहिलो खेलमा आफैँ १–० ले पराजित भएको हो । 

करिब ६० प्रतिशत बल पोजेसन आफ्नो पक्षमा पारे पनि जर्मनी हार भोग्न बाध्य भयो । जर्मनीका लागि मारियो गोमेज र जुलियन डाक्सलरले पटक पटक मेक्सिको पोस्टमा चार्ज गरे पनि गोलमा परिणत गर्न असफल रहे ।  

करिब ६० प्रतिशत बल पोजेसन आफ्नो पक्षमा पारे पनि जर्मनी हार भोग्न बाध्य भयो । खेलका क्रममा जर्मनीले १८ पटक मेक्सिकोको पोस्टमा चार्ज गरेको थियो । त्यसैगरी मेक्सिकोले भने केबल १० पटक मात्रै जर्मनीको पोस्टमा चार्ज गरेको थियो । 

जर्मनीका म्यानुअल नुयोर भन्दा ब्यस्त मेक्सिकोका किपर गुल्लेर्मो ओचोहा थिए । उनले जर्मनीबाट भएका कयौँ प्रहारको उत्कृष्ट बचाउ गरे । 

कडा प्रतिस्पर्धा भएको खेलमा जर्मनीले ९ पटक गोलका सम्भावित प्रहार गरेको थियो भने मेक्सिकोले केबल ४ पटक मात्रै । जर्मनीले निरन्तर आक्रमण गरे पनि मेक्सिकोले काउन्टर एट्याकमा उत्रेर जर्मनीलाई दबाब दिएको थियो । 

जर्मनलीले १६ पटक फ्री किक पाउँदा मेक्सिकोले ११ पटक हान्यो । त्यसैगरी जर्मनीले १७ र मेक्सिकोले २० वटा थ्रोइन्स गरे । जर्मनीले गोलका लागि मेक्सिकोका ३ वटा प्रहार जोगायो भने मेक्सिकोले ९ वटा प्रहार बचायो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.