उपाधि दावेदार ब्राजिल स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो
विश्वका चर्चित क्लबहरुबाट खेल्ने स्टार खेलाडीले भरिएको ब्राजिललाई कडा चुनौती दिँदै स्विटजरल्यान्डले बराबरीमा रोकेर अंक खोस्न सफल भएको हो ।
यद्यपि यो खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा डी एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।
काउन्टर एट्याकका क्रममा स्विटजरल्यान्डको डी बक्सबाट बाहिरिएको बललाई उनले सीधै जालीको दिशा देखाएका थिए ।
पहिलो हाफमा १–० मा टुंगिएको अवस्थामा स्विटजरल्यान्डले दोस्रो हाफमा खेललाई बराबरीमा फर्कायो । उसका लाािग खेलको ५० औँ मिनेटमा स्टेभन जुबेरले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
ब्राजिलका लागि कोटिन्हो र नेइमारले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् । कमजोर मानिएको ब्राजिल बराबरीमा रोकिएपछि उपाधि दाबेदार मानिएका टिमहरुको विश्वकप यात्रा सुस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)