होसियार ! हानिकारक छ पाहुना धुलो
भारतको राजस्थानलगायत क्षेत्रको धुले आँधीका कण नेपाली आकाशमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त धूलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले काठमाडौं लगायत मध्यपहाडी भेग र दक्षिणतिरका भूभागमा भएको धमिलो वर्षाले सडक धुलाम्मे भएको हो ।
काठमाडौंको धूलो नउड्ने सडक पनि यस वर्षापछि धुलाम्मे भएको छ । फिजसियन डा. निरज बमका अनुसार राजस्थानको माटोमा मिसिएको क्यान्सरजन्य पदार्थ सिलिका समेत काठमाडौंको आकाशमा आएको हुन सक्ने भएकाले झरीमा भिज्न हुँदैन । झरीमा भिज्दा तत्काल एलर्जी हुने र रुघाखोकी लाग्ने लक्षण देखिन सक्छ ।