सोमत घिमिरेको 'जुर्मुराएको बखत' बजारमा
काठमाडौं : सोमत घिमिरेको नयाँ पुस्तक 'जुर्मुराएको बखत' बजारमा आएको छ। पुस्तकमा लेखकका अनुसन्धानमूलक लेख, यात्रा संस्मरण र निबन्धात्मक शैली समेटिएका १५ आलेख समेटिएका छन्।
पुस्तकमा लेखकले साना किसानको स्थिति, जैविक विविधता संरक्षण, चेपुवामा परेका सीमान्तकृत समुदायको जीविका, पर्यटकीयस्थल नगरकोटबाट तामाङ जातिको विस्थापनको पीडा आदि विषयलाई परिवेश, सन्दर्भ र पात्रका माध्यमबाट विश्लेषण गरेका छन्।
लेखकले नेपालको विकासको प्रक्रियाले सीमान्त वर्गलाई अझ हिनताबोध थपेको र 'गैसस' ले नेपालीको गरिबीको 'ब्यापार' मात्र गरेको सन्दर्भलाई उदाहरण सहित उल्लेख गरेका छन्| यसैगरी आत्मनिर्भर र हिजो तिब्बत भन्दा बलियो कर्णालीलाई आज कसरी दीनहीन र दुखी बनाइयो भन्ने बारेमा तथ्य सहित प्रस्तुत गरेका छन्।
घिमिरेले माओवादी 'जनयुद्ध' ले स्थानीयस्तरमा जगाएको मुक्तिको भोक र परिवर्तनको तिर्खालाई सविस्तार व्याख्या गरेका छन् | मधेस र विकट बस्तीहरूमा परिवर्तनप्रति जुर्मुराएको चेतनालाई निबन्धात्मक शैलीमा प्रस्तुत गरेका छन्।
प्राकृतिक स्रोत व्यवास्थापनको अध्ययन-अनुसन्धान र वकालतमा संलग्न लेखक पछिल्लो समय संघीयताको राजनीतिक व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न छन्| लेखकको सम्पानमा यस अघि 'समृद्द कर्णालीको दुःख' पुस्तक प्रकाशित छ।
सांग्रिला बुक्स्वारा प्रकाशित 'जुर्मुराएको बखत' पुस्तकको मूल्य ३७५ रुपैयाँ छ।