वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको मृत्यु
काठमाडौं : वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट ग्रसित देवकोटाको न्युरो अस्पताल बाँसबारीमामा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।
पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको गत वैशाखदेखि न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको थियो ।त्यसअघि, उनको बेलायतको किंग्स कलेज हस्पिटलमा उपचार भएको थियो । पाँच महिना लामो उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि गत वैशाख १८ गते देवकोटालाई नेपाल ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।