जर्मनीविरुद्धको गोलले मेक्सिकोमा भुइँचालो !
![जर्मनीविरुद्धको गोलले मेक्सिकोमा भुइँचालो !](https://annapurnapost.prixacdn.net/media/albums/mexico-earthquake-football_20180618163958_EcgBlYqwDK.jpg)
एजेन्सी: मेक्सिको सिटी: विश्वकप अन्तगर्गत आफ्नो पहिलो खेलमा साविक विजेता जर्मनीविरुद्ध जित दर्ता गरेपछि मेक्सिकोमा खुसीको माहोल छ ।
जर्मनीविरुद्ध गोलको खुसी मेक्सिकोका फुटबल प्रेमीले यति धुमधामसाथ मनाए, जसले जमिन नै हल्लिएको हो । खेलको ३५ औँ मिनेटमा हिरभिङ्ग लोजानोले गोल गरेपछि मेक्सिकोको राजधानीमा फुटबल यतिधेरै नाचे कि जसको सात सेकेन्डपछि सहरका दुई स्थानमा भूकम्प नै आएको चर्चित बेलायती पत्रिका गार्जियनले जनाएको छ । ।
बिबीसीका अनुसार जियोलोजिकल एन्ड एटमस्फेरिक रिसर्च इन्स्टिच्युटका अनुसार गोल लगत्तै सेन्सर्स सक्रिय भयो र यस हलचलको चेतावनी दियो ।
समूह एफ को पहिलो भिडन्त आइतवार राति भएको थियो । जसमा विश्वविजेता जर्मनी मेक्सिकोसँग १ गोलले पराजित हुन बाध्य भयो ।
विश्व कपको ८८ वर्षको इतिहासमा जर्मनीमाथि मेक्सिकोको यो पहिलो जीत थियो । लगातार तेस्रो विश्वकपमा साविक विजेताले आफ्नो सुरुवाती खेलमा जित दर्ता गराउन सकेन ।
यस जीतपछि मेक्सिकोका राष्ट्रपति पदका उम्मेदवार आन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले टिमलाई बधाई दिए। उनले आफ्नो देशको टिमले सदैव यस्तै जित निकाल्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)