प्रधानमन्त्री आज चीन जाँदै

प्रधानमन्त्री आज चीन जाँदै

काठमाडौं  : प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै छन् । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा दुई पक्षीय सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

आफ्नो चीन भ्रमणबारे सोमबार दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछियाङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए । ओलीले चिनियाँ जनकांग्रेसका अध्यक्षसँग पनि भेट्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नेपाली पक्षले दुई देशबीच यसअगाडि भएका सहमति कार्यान्वयनमा जोड दिने तयारी गरेको छ । रेल–वे, पारवहन, क्रस बोर्डर ट्रान्समिसन लाइन, सातै प्रदेशमा विपद् उद्धार केन्द्र निर्माणमा चिनियाँ सहयोगलगायत विषयलाई प्रमुख एजेन्डा बनाएर छलफल गर्ने तयारी भइरहेको हो ।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला दुई देशका सरकारकाबीच वाणिज्य तथा पारवहन क्षेत्रमा सम्झौता हुने चर्चा चले पनि प्रोटोकलमा सम्झौता हुने–नहुने टुंगो नलागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीको पहिलो प्रधानमन्त्रीकालमा वाणिज्य तथा पारवाहन क्षेत्र विकासमा सहमति भए पनि त्यसको प्रोटकलमा सहमति भएको छैन । ‘वाणिज्य तथा पारवान प्रोटकलका विषयमा गृहकार्य भइरहेकाले सम्झौता हुने–नहुने यकिन भइसकेको छैन’, स्रोत भन्यो ।

भ्रमणमा प्रधानमन्त्री ओलीले चीन सरकारसँग गरेका पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने भएका छन् । पुराना सहमतिसँगै ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनका विषयलाई नेपालका तर्फबाट जोड दिइने बताइएको छ ।

चिनियाँ पक्षले पनि यसअघिका सम्झौता कार्यान्वयन जोड दिने बताइएको छ । दुई पक्षबीच विश्वासको दीर्घकालीन वातावरण निर्माणको चीनले अपेक्षा गरेको चिनियाँ स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा सरकारी प्रतिनिधि ४७ जना, विभिन्न राजनीतिक दलका संघीय संसद्का सांसद ९ जना, निजी क्षेत्रबाट ५२ जना, सञ्चारकर्मी ११ जनासहित १ सय १९ जनाको टोली छ ।

भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, भौतिक योजना, पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत सहभागी छन् ।

प्रधानमन्त्री ओली तिब्बतको राजधानी ल्हासा हुँदै असार १० गते नेपाल फर्कने छन् । ल्हासामा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँको विकास अवलोकन गर्नुुका साथै त्यस क्षेत्रका प्रमुख नेताहरूसँग दुई पक्षीय हितका विषयमा पनि छलफल गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.