ट्रम्पलाई भेटेको एक सातामै किम सुटुक्क चीनमा

ट्रम्पलाई भेटेको एक सातामै किम सुटुक्क चीनमा

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुगेका छन्। समाचार संस्था रोयटर्सले चीनको सरकारी टेलिभिजनलाई उद्‍धृत गर्दै किम चीन आइसकेको उल्लेख गरेको छ। 

किमको यो वर्षको तेस्रो चीन भ्रमण हो। रोयटर्सले किम चीन आइसकेको उल्लेख गरे पनि चीनको पिपल्स डेली चाइनाले किमले १९ जुनदेखि २० जुनसम्म चीनको भ्रमण गर्न लागेको भन्दै ट्‍विटरमा समाचार ब्रेक गरेको छ। 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिंगापुरमा भेटेर कोरियाली प्रयाद्वीपमा आणविक निशस्त्रीकरण गर्ने बारे सहमति गरेका किम एकसाता नबित्दै चीन गएका हुन्। उनको यसपटकको भ्रमण पनि गोप्य राखिएको देखिन्छ किनभने अन्तर्राष्ट्रिय मिडियाहरूमा यसबारे कुनै रिपोर्ट समेत आएका छैनन्।

जापानको निकेइ एसियन रिभ्युले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको वार्ताबारे चिनियाँ राष्ट्रपति सि जिनपिङलाई 'ब्रिफ' गर्न चीन जान लागेको रिपोर्ट स्रोतलाई उल्लेख गर्दै लेखेको छ।

यसअघि किमको भ्रमण सम्पन्न भइसकेपछि मात्र चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले भ्रमणबारे समाचार सार्वजनिक गर्ने गरे पनि यसपटक भ्रमण अगावै समाचार आएको सीएनएनले लेखेको छ। सीएननले चीनको समाचार एजेन्सी सिन्ह्वालाई उद्‍धृत गर्दै किमले चीन भ्रमण गर्न लागेको लेखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.