मनाङलाई सुदूरपश्चिमको धक्का

मनाङलाई सुदूरपश्चिमको धक्का

काठमाडौं : ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा सुदूरपश्चिम फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई नमीठो धक्का दिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको पहिलो खेलमा सुदूरले मनाङलाई ४-२ गोलले हरायो । खेलमा मनाङले १८औं मिनेटमा अग्रता लिएको थियो । मनाङका कार्लोस बर्खारियाले पहिलो गोल गरे ।

मनाङको अग्रतालाई सुदूरले एक मिनेटमै तोडेको थियो । सुदूरका राजीव चौधरीले १९औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि मनाङका विन कार्कीले ४३औं मिनेटमा अर्को गोल गरे । दोस्रो हाफमा खेलमा फर्किएको सुदूरले तीन गोल थपेको थियो । सुदूरका लागि ७८औं मिनेटमा किरण बोहोरा, ८०औं मिनेटमा विजय क्षेत्री र ८६औं मिनेटमा नवीन भट्टराईले गोल गरे ।

यसैगरी अर्को खेलमा हिमालयन शेर्पाले थ्रीस्टार क्लबलाई ६-२ गोलले पराजित गर्‍यो । शेर्पाका लागि सञ्जय धिमाल एक्लैले पाँच गोल गरे । उनले पाँचौं, ५०औं, ६२औं, ६४औं र ६८औं मिनेटमा गोल गरेका थिए । अर्को गोल अनिल आलेमगरले ७४औं मिनेटमा थपे । थ्रीस्टारका लागि नीराजन महर्जनले र जेनिस प्रजापतिले एकएक गोल गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का स्वर्गीय कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितामा १८ टोलीको सहभागिता छ । लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टोलीले तीन लाख र उपविजेता टोलीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.